• होमपेज
  • समाचार
  • वर्तमान संविधान अग्रगामी छः उपप्रम गच्छदार

वर्तमान संविधान अग्रगामी छः उपप्रम गच्छदार

  • आइतवार, भदौ २५, २०७४
वर्तमान संविधान अग्रगामी छः उपप्रम गच्छदार

वीरगन्ज, भदौ २५–

उपप्रधान मन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले दलित, महिला, मधेशी, जनजाति सबैलाई अधिकारसम्पन्न बनाएकाले वर्तमान संविधान अग्रगामी भएको बताउनुभएको छ ।

नेपाल लोकतान्त्रिक फोरमद्वारा वीरगन्जको माइस्थानमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले लोकतान्त्रिक गणतन्त्रको स्थायित्वका लागि वर्तमान संविधान उपयुक्त भएको बताउनुभयो । संविधानले दलित तथा महिलाहरुलाई ३३ प्रतिशत स्थान सुनिश्चित गरेका कारण अहिले दलित महिलाले निर्वाचनमा भाग लिन पाएको उहाँको भनाइ थियो ।

केही दलले आफ्नो निजी स्वार्थका लागि जतिसुकै संविधानको विरोध गरेपनि यसले हिमाल, पहाड र तराई सबैलाई समानताको अधिकार दिएको बताउनुभयो । २ नं प्रदेशको राजधानी जनकपुरलाई बनाउन आफूलाई दबाब आइरहेको बताउँदै उपप्रधानमन्त्री गच्छदारले भन्नुभयो, “वीरगन्जमा पर्याप्त पूर्वाधार भएकाले प्रदेशको राजधानी वीरगन्ज पनि हुनसक्छ ।”

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा