• होमपेज
  • समाचार
  • कपिलवस्तुको खोलामा डुबेर दुई युवतीहरुको मृत्यु

कपिलवस्तुको खोलामा डुबेर दुई युवतीहरुको मृत्यु

  • आइतवार, भदौ २५, २०७४
कपिलवस्तुको खोलामा डुबेर दुई युवतीहरुको मृत्यु

कपिलवस्तु, भदौ २५ –

जिल्लाको यशोधरा गाउँपालिका वडा नं. २ का दुई जना युवतीहरुको स्थानीय खोलामा डुबेर ज्यान गएको छ । ज्यान जानेहरुमा ३३ वर्षकी इन्द्रावती यादव र १५ वर्षकी रीमा कोहार रहेको प्रहरीले जनाएको छ ।
कुचो बनाउने घाँस काट्न गएका उनीहरुको खोला डुबेर ज्यान गएको हो । खोलामा रीमा कोहार घाँस काट्दै गर्दा खसेर डुब्न थालेपछि उनलाई बचाउन खोज्दा इन्द्रावती यादवको पनि डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।
दुबै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवामा राखिएको प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार