• होमपेज
  • Uncategorized
  • रेडियो माडीको स्टेशन म्यानेजरमा सुवास

रेडियो माडीको स्टेशन म्यानेजरमा सुवास

  • आइतवार, भदौ २५, २०७४
रेडियो माडीको स्टेशन म्यानेजरमा सुवास

किशोर पौडेल,

चितवन, भदौं २५–

सामुदायिक रेडियो माडीको सञ्चालक संस्था दिवाकर सञ्चार केन्द्र माडीको चौथो साधरणसभा तथा दोश्रो अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले सूर्य पाठकको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षमा नेत्रनाथ आले र अपेक्षा चौधरी, सचिवमा आभास दुवे, सह–सचिवमा केशव रानाभाट, कोषाध्यक्षमा शुभद्रा शर्मालाई चयन गरेको छ । त्यस्तैगरी सदस्यहरुमा मानबहादुर विष्ट, चन्द्रमणी महतो, यमप्रसाद ल्यागुन, प्रविण सुवेदी, रामबन्धु पोख्रेल, पुरन महतो, सुरज अधिकारी, कुविजा पोखेरल, हरिकृष्ण लामिछाने चयन हुनुभएको छ ।

साथै सोही साधरणसभा तथा दोश्रो अधिवेशनले रेडियो माडी १०७.६ मेगाहर्जको निर्देशकमा आभास दुवे र स्टेशन म्यानेजरमा (व्यवस्थापक) सुवास लामिछानेलाई नियुक्त गरेको छ । शिखर पार्टी प्यालेस बसन्तपुरमा शनिबार भएको उद्घाटन सत्रमा शिक्षा क्षेत्रमा लामो योगदान पुर्‍याउनुभएका माडी क्याम्पसका प्रमुख तथा रेडियोका संस्थापक घनश्याम भण्डारी प्रमुख अतिथि रहनुभएको थियो ।

यस्तै माडी नगरपालिकाका नवनिर्वाचित वडा अध्यक्षहरु वडा नम्वर २ का वडाअध्यक्ष इश्वरी ढकाल, वडा नम्वर ३ का वडाअध्यक्ष पुरन महतो ५ का रामवन्धु पोख्रेल, ७ का बालकृष्ण सापकोटा र ८ का वडाअध्यक्ष कृष्णप्रसाद अधिकारी, उद्योग वाणिज्य संघ माडीका अध्यक्ष रेशमलाल आचार्य, माडी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुर्यनाथ अधिकारी, रेडियो माडीका संरक्षक ऋषिराम काफ्लेलगायतको उपस्थिती रहेको कार्यक्रमको सभापति रेडियो माडीका निर्देशक देव अन्जान शाह रहनुभएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार