• होमपेज
  • समाचार
  • काँग्रेसको मिडिया सेन्टरको सामाजिक सञ्जाल समेत ‘ह्याक’ गरियो !

काँग्रेसको मिडिया सेन्टरको सामाजिक सञ्जाल समेत ‘ह्याक’ गरियो !

  • आइतवार, भदौ २५, २०७४
काँग्रेसको मिडिया सेन्टरको सामाजिक सञ्जाल समेत ‘ह्याक’ गरियो !

जनकपुरधाम,भदौ २५

नेपाली काँग्रेस धनुषाका उम्मेदवारहरुको प्रचार–प्रसार व्यवस्थित गर्नका लागि खोलिएको मिडिया सेन्टरको समाजिक सञ्जाललाई ह्याक गरिएको छ ।

यस मिडिया सेन्टरबाट नेपाली काँग्रेस धनुषाको प्रचार प्रसारमा तीव्रता आएपछि त्यसलाई ह्याक गरिएको काँग्रेसका नेता तथा कार्यकर्ताहरुले जनाएका छन् । मिडिया सेन्टरका संयोजक प्रफुल्ल राज घिमिरेका अनुसार जनकपुर उपमहानगरपालिकाको मेयर, उपमेयर पद सहितमा विजयी सुनिश्चित हुने निश्चित हुन लाग्दा केही प्रतिपक्षीहरुले यस्तो कार्य गर्न सकिने अनुमान गरिएको छ ।

धनुषा लगायत विभिन्न क्षेत्रका लागि सत्यतथ्य जानकारी तथा लुकेको कुराहरुलाई बाहिर ल्याउन सफल हुन लागेको मिडिया सेन्टरको सामाजिक सञ्जाल, ब्लगोर लगायतका साइटहरु ह्याक गरिएको संयोजक घिमिरेको भनाई रहेको छ । यस सम्बन्धमा सम्बन्धित निकायमा उजुरी समेत दिईसकेको संयोजक घिमिरेले जानकारी गराएका छन् । तत्कालका लागि अर्को सामाजिक सञ्जाल खोलिएको समेत जानकारी गराइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार