• होमपेज
  • समाचार
  • कास्कीमा मोटर चल्ने आठ पुल निर्माणाधीन

कास्कीमा मोटर चल्ने आठ पुल निर्माणाधीन

  • आइतवार, भदौ २५, २०७४
कास्कीमा मोटर चल्ने आठ पुल निर्माणाधीन

पोखरा,भदौ २५ –

कास्कीमा मोटर चल्ने आठ वटा पुल निर्माणाधीन छन् । आव २०७३÷७४ को असार मसान्तसम्म दुई पुल भने बनिसकेका छन् । पोखराको बसपार्क र रामबजार जोड्ने सेती नदीमाथि बनेका चोर साँघु र शहरीचोकदेखि लेखसाइड जोड्ने फिर्के खोलामाथिको पुल बनी सवारी आवागमन शुरु भइसकेको जिल्ला समन्वय समिति कास्कीका जिल्ला इञ्जिनीयर नारायणप्रसाद बरालले जानकारी दिनुभयो ।

कास्कीका कालीखोला, सुरौदी खोला, हर्पन खोला, सार्दीखोला, रामदुवाली, काहुँखोला, इदीखोला र पात्सेखोलाका पुल निर्माणाधीन छन् । इ बरालका अनुसार ती सबै पुल निर्माणका लागि जिससले ठेकेदार सँग झण्डै रु २९ करोडको सम्झौता गरेको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार