• होमपेज
  • Uncategorized
  • स्टार कपको उपाधि बसन्तपुर युनाईटेडलाई

स्टार कपको उपाधि बसन्तपुर युनाईटेडलाई

  • आइतवार, भदौ २५, २०७४
स्टार कपको उपाधि बसन्तपुर युनाईटेडलाई

चितवन, भदौं २५–

माडीमा भएको सर्बाधिक धनराशिको स्टार कप फुटबल प्रतियोगिताको उपाधि बसन्तपुर युनाईटेड क्लव ‘ए’ ले जितेको छ ।

स्टार स्पोर्टस क्लव बरुवाको आयोजनमा भएको प्रतियोगिताको फाईनलमा ज्ञानज्योति युवा क्लब भैरबपुरलार्इ टाईबेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै बसन्तपुरले उपाधि जितेको हो । निर्धारित समयमा दुवै पक्षबाट कुनै पनि गोल नभए पछि खेल टाईबेकरमा धकेलिएको थियो । उपाधि जितेसंगै बसन्तपुरले नगद ५५ हजार १ सय ५१रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेतामै चित्त बुझाएको भैरबपुरले नगद २६ हजार १ सय ५१ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यससंगै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिल्डफिल्डर, सर्वाधिक गोलकर्ता, अनुशासित टिम, अनुशासित खेलाडीहरुलाई समेत नगद सहित सम्मानित गर्नुका साथै सेमिफाईनलमा पुगेका ४ टिमलाई एक/एक सेट जर्सी वितरण गरिएको आयोजकले जानकारी दिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार