• होमपेज
  • समाचार
  • निर्वाचन आयोगले भन्योः भदौभित्र नवलपरासी र रुकुममा जिसस कार्यालय खोल्नू

निर्वाचन आयोगले भन्योः भदौभित्र नवलपरासी र रुकुममा जिसस कार्यालय खोल्नू

  • शनिबार, भदौ २४, २०७४
निर्वाचन आयोगले भन्योः भदौभित्र नवलपरासी र रुकुममा जिसस कार्यालय खोल्नू

काठमाडौं,भदौं २४-

निर्वाचन आयोगले नवलपरासी र रुकुममा भदौ मसान्तसम्म जिल्ला समन्वय समितिको कार्यालय स्थापना गर्न स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

आयोगको शनिबार बसेको बैठकले रुकुम (पूर्वी भाग), रुकुम (पश्चिम भाग), नवलपरासी (वर्दघाट सुस्ता पूर्व) र नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) मा जिससको कार्यालय स्थापना गर्न भनेको हो ।

आयोगले यसअघि नै जिसस कार्यालय तथा स्थानीय विकास अधिकारीको व्यवस्था गर्न मन्त्रालयलाई भनेको थियो । तर, मन्त्रालयले जवाफ नदिएको भन्दै आयोगले भदौ मसान्तभित्र कार्यालय स्थापना गर्न भनेको हो ।

नवलपरासी र रुकुम दुई प्रदेशमा परेको छ । सरकारले भदौ ५ गते नवलपरासी (वर्दघाट सुस्ता पूर्व) प्रदेश ४ र नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) प्रदेश ५ तथा रुकुम (पूर्वी भाग) प्रदेश ५ र रुकुम (पश्चिम भाग) प्रदेश ६ मा रहने गरी जिल्ला समन्वय समितिको निर्वाचन गर्न आयोगलाई भनेको थियो ।

त्यस अनुसार आयोगले मुख्य निर्वाचन अधिकृत पनि यकिन गरिसकेको छ । तर, जिजस संख्या यकिन हुन नसक्दा चुनाव हुन सकेको छैन ।

Facebook Comments

सम्बन्धित समाचार