• होमपेज
  • समाचार
  • सरकारले जनप्रतिनिधिहरुलाई गाडी सुविधा दिने

सरकारले जनप्रतिनिधिहरुलाई गाडी सुविधा दिने

  • आइतवार, भदौ २५, २०७४
सरकारले जनप्रतिनिधिहरुलाई गाडी सुविधा दिने

काठमाडौं,भदौ २५ –

सरकारले स्थानीय जनप्रतिनिधिहरुलाई गाडी सुविधा दिने तयारी थालेको छ । स्थानीय विकास मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधिलाई कसरी कस्तो खालको सवारी सुविधा दिन सकिन्छ भन्नेबारे छलफल थालेको हो ।

कुन स्थानीय तहका लागि कति गाडी चाहिन्छ भन्ने अध्ययन सुरु भएको मन्त्रालयले जनाएको छ । स्थानीय तहको अवस्थिति, क्षमता, भूगोल, आवश्यता र सेवाग्राहीको चापको आधारमा यो सुविधा दिने योजना मन्त्रालयको छ ।

निर्वाचन लगतै थुप्रै स्थानीय तहका जनप्रतिनिधिले विलासी गाडी सुविधा लिन प्रयत्न गरेका थिए । केहीले त आफ्ना लागि नयाँ गाडी किनेर ल्याइसकेका छन् भने कतिपयले महिनामा लाखभन्दा बढी खर्चेर भाडामा सवारी लिएका छन् ।

स्थानीय विकास मन्त्रालयले भने पटकपटक गाडी सुविधा दिन सरकार आफैंले प्रयत्न गरिरहेको भन्दै स्थानीय तहको बजेट त्यसमा खर्च नगर्न भनेको थियो ।

स्थानीय मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङका अनुसार जनप्रतिनिधिलाई गाडीको सुविधा दिन ३ वटा विकल्पमा छलफल भइरहेको छ । ‘अहिले नै गाडी किन्न हामीसँग बजेट छैन । हामीले भएका र सम्भाब्य स्रोतबाट व्यवस्थापनका लागि पहल सुरु गरेका हौं’ प्रवक्ता तामाङले अनलाइनखबरसँग भने, ‘गाडी सुविधा सबै स्थानीय तहले पाइहाल्ने होइन । हामी क्रमैसँग सहज रुपमा व्यवस्थापन गर्न सकिने स्थानबाट यो काम सुरु गर्छौं ।’

पहिलो विकल्पका रुपमा जिल्लास्थित सरकारी कार्यालयहरुको प्रयोगविहीन गाडी उपलब्ध गराउने प्रयास गरिनेछ । जिल्लास्थित विभिन्न कार्यालयहरुले प्रयोग गरिरहेका केही गाडी अब स्थानीय तहलाई दिन सकिने अवस्था रहेको तामाङले बताए ।

सरकारले विभिन्न शीर्षकका बजेट सीधै स्थानीय तहमा पुर्याएपछि जिल्ला समन्वय समिति, कृषि विकास कार्यालय, जिल्ला शिक्षा कार्यालयलगायत थुप्रै महत्वपूर्ण कार्यालयहरु कामको चापबाट मुक्त छन् । त्यहाँ प्रयोग भइरहेका र प्रयोग हुन नसकेका गाडी गाउँपालिका तथा नगरपालिकालाई उपलब्ध गराउन सकिने अवस्था छ । यसबारे एकीन गर्न मन्त्रालयले अध्ययन थालेको हो ।

त्यसैगरी जिल्लास्थित विभिन्न परियोजनाका गाडी पनि स्थानीय तहलाई दिन सकिन्छ कि भनेर पनि मन्त्रालयले छलफल थालेको छ । स्थानीय तहमा हस्तान्तरण भएका कार्यक्रम तथा परियोजनाका गाडी दिने योजना बनाइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सबै मन्त्रालयलाई यस्ता साना कार्यक्रम तथा परियोजना भदौभित्रै स्थानीय ततहलाई हस्तान्तरण गर्न निर्देशन दिइसकेका छन् ।

साथै विभिन्न जिल्लामा सञ्चालित जलविद्युत लगायत विकास आयोजनाका गाडी पनि जनप्रतिनिधलाई उपलब्ध गराउन सकिनेरनसकिनेबारे छलफल अघि बढाइएको छ ।

आन्तरिक स्रोतबाट सम्भव नभए गाडीका लागि दातृ निकायसँग छलफल गर्ने सरकारले बताएको छ ।

स्थानीय विकास मन्त्रालयले आफ्नो स्रोत भएका स्थानीय तहलाई गाडी किन्ने रोक लगाएको छैन । तर, गाडी खरिदलाई प्राथमिकता नदिने भनेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा