काठमाडौँ, भदौ २३ –
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ९१ दललाई चुनाव चिन्ह वितरण गरेको छ । आयोगको बिहीबारको निर्णयअनुसार दललाई चुनाव चिन्ह वितरण गरेको हो । आयोगको निर्णयअनुसार पशुपति शमशेर राणा नेतृत्वको नवगठित राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक०ले गोलाकारभित्रको हलो चुनाव चिन्ह पाएको छ । यस्तै, डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा ९राष्ट्रवादी०ले आयतकारभित्रको हलो चिन्ह पाएको छ ।
६ वटा मधेस केन्द्रित दल मिलेर एकीकृत भएको राष्ट्रिय जनता पार्टीले छाता चुनाव चिन्ह पाएको छ ।
नौँ वटा राजनीतिक दलले संयुक्त चिन्ह पाएका छन् । नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हथौडालाई तीनवटा पार्टी चुनाव चिन्ह बनाएका छन् ।
माओवादी केन्द्र सहित उक्त चिन्हमा प्रेमबहादुर सिंहको समाजवादी जनता दल र लोकमणि ढकाल नेतृत्वको जनजागरण पार्टीले चुनाव लड्ने भएका छन् । नेकपा मालेको चुनाव चिन्हमा जनसमाजवादी पार्टी पनि संयुक्त रुपमा चुनावमा जाने गरी आयोगले चिन्ह वितरण गरेको छ ।