• होमपेज
  • मनोरञ्जन
  • नेपाल आइडलविरुद्ध परेको रिट खारेज

नेपाल आइडलविरुद्ध परेको रिट खारेज

  • शुक्रबार, भदौ २३, २०७४
नेपाल आइडलविरुद्ध परेको रिट खारेज

काठमाडौं, भदौ २३ – 

जिल्ला अदालत काठमाडौंले टेलिभिजन कार्यक्रम नेपाल आइडल रोक्न माग गर्दै परेको रिट खारेज गरेको छ ।

न्यायाधीश दिवाकर भट्टको इजालासले उक्त निवेदन खारेज गरेको हो । बुधबार जिल्ला अदालत काठमाडौंले रिट निवेदनको सुनुवाई गर्दै नेपाल आइडलमा परेको मत गणना नगर्न आदेश जारी गरेको थियो ।
अधिवक्ता यज्ञमणि न्यौपानेले एपी वान टेलिभिजनलाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए ।
करार एन २०५६ को दफा ८७ (१) (२) बमोजिमको उपयुक्त आदेश जारी गरिपाउँ भन्ने निवेदन मागका सम्बन्धमा विचार गर्दा निवेदक नेपाल आइडल कार्यक्रमप्रति चासो राख्ने एक जिम्मेवार कानुन व्यवसायी भएकाले सो कार्यक्रम स्वच्छ पारदर्शी र निष्पक्ष रुपबाट सञ्चालन भइ सम्पन्न होस् भन्ने निवेदकले उठाएकाले विषय अन्यथा भन्न नसकिने आदेश जारी भएको छ ।
तर निवेदकले निवेदनमा माग गरेको करार ऐन अनुसार आदेश जारी हुनका लागि निवेदक करारको एक पक्ष हुनुपर्नेमा सार्वजनिक सरोकारको विषयलाई लिएर निवेदन परेको देखिँदा सो कानुनी प्रावधानअनुसार निवदेकको माग बमोजिमको आदेश जारी गर्न नमिलेको उल्लेख गर्दै प्रस्तुत निवेदन खारेज भएको जनाइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा