कठमाडौं,भदौ २२ –
सन् १९९३ मा मुम्बई बम धमाकाको मामिलाका सुनुवाई गरिरहेको टाडा अदालतले अबू समेल र करीमुल्लाह शेखलाई क्रमशः जन्मकैद र फाँसीको सजाय सुनाएको छ ।
ताहिर मर्चेन्ट र फिरोज अब्दुल राशिद खानलाई मृत्युको सजाय सुनाइएको छ भने रियाज सिद्दीकीलाई १० वर्षको सजाय सुनाइएको छ ।
सरकारी वकील उज्जवल निकमले दिएको जनकारी अनुसार उक्त सजाय एकसाथ काट्नुपर्ने हुन्छ र जेलमा बिताएका उनको समय सजायको बेलादेखि काटिने छ ।
दालतले यसै वर्ष १६ जुनमा यस मामिलामा ६ जना ताहिर मर्चेंट, फिरोज, करीमुल्लाह, अबू सलेम, सिद्दीकी र मुस्तफालाई दोषी करार गरेको थियो ।
सलेमलाई कोर्टले अपराधिक गतिविधिमा सामेल हुनेमा दोषी पाएको थियो भने कोर्ट उनलाई आतंकबाद सम्बन्धी गतिविधका दोषी समेत पाएको थियो ।