• होमपेज
  • मनोरञ्जन
  • ‘मंगलम’को पहिलो ‘पर्ख पर्ख’ गीत सार्वजनिक (भिडियो)

‘मंगलम’को पहिलो ‘पर्ख पर्ख’ गीत सार्वजनिक (भिडियो)

  • बिहिबार, भदौ २२, २०७४
‘मंगलम’को पहिलो ‘पर्ख पर्ख’ गीत  सार्वजनिक  (भिडियो)

काठमाडौँ,भदौ २२ –

असोज ११ गतेलाई रिलिज कन्फर्म गरिएको फिल्म ‘मंगलम’को पहिलो गीत सार्वजनिक भएको छ । मंगलवार औपचारिक प्रदर्शन मिति घोषणासँगै फस्ट लुक पोष्टर सार्वजनिक गरेको निर्माण टिमले बुधवार फिल्ममा समावेश लोक लयको ‘पर्ख पर्ख’ बोलको सार्वजनिक गरेको हो । गीतमा कृष्ण काफ्ले र विन्दु परियारको स्वर छ भने दिपक शर्माको शब्द-संगीत सुन्न सकिन्छ । शिल्पा पोखरेल र पुष्प खड्का छमछम नाचेको गीतको भिडियाका कोरियोग्राफर कविराज गहतराज हुन् ।

नायिका शिल्पा पोख्रेल प्रस्तुतकर्ता रहेको फिल्मका कार्यकारी निर्माता छविराज ओझा हुन् । फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् । फिल्ममा शिल्पा र पुष्पका अलावा पृथ्वीराज प्रसाई, नीर शाह, मिथिला शर्मा लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

फिल्मको निर्मातामा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ रहेका छन् भने विष्णु घिमिरेको छायाँकन, दिपक शर्माको संगीत, गोविन्द फुँयालको कथा, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । यो फिल्म असोज ११ गते ‘छक्का पन्जा २’ सँग भिडन्त गर्दैछ ।

भिडियो : –

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा