• होमपेज
  • समाचार
  • सिटिजन्स बैंकद्वारा बाढीपीडितलाई पाँँच लाखको सामाग्री प्रदान

सिटिजन्स बैंकद्वारा बाढीपीडितलाई पाँँच लाखको सामाग्री प्रदान

  • मङ्लबार, भदौ २०, २०७४
सिटिजन्स बैंकद्वारा बाढीपीडितलाई पाँँच लाखको सामाग्री प्रदान

काठमाडौं, भदौं २०–

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महोत्तरीका बाढीपीडितलाई पाँच लाख रुपैयाँ बराबरको विभिन्न सामाग्री सहयोग गरेको छ ।

बाढीपीडितहरुको उद्दार तथा राहतको उद्देश्यले सामाजिक उतरदायीत्व कार्यक्रम अन्तर्गत बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले महोत्तरीको मटीहानीका बाढीपीडितहरुलाई पाँँच लाख रुपैयाँ बराबरको त्रिपाल तथा खाद्यान्न सामग्री वितरण गर्नुभयो ।

बैंकले ५ सय परिवारलाई जनही एक हजार बराबरको त्रिपाल तथा खाद्यान्न सामग्री उपलब्ध गराएको हो । राहत सामाग्री वडा कार्यालय र स्थानीय प्रशासनको समन्वयमा राहत वितरण गरिएको थियो । बैंकले यसअघि देशको विभिन्न भागमा हालै गएको बाढीपीडितहरुलाई सहयोग गर्ने उद्देश्यले ११ लाखको आर्थिक सहायता प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा प्रदान गरि सकेको छ ।

यस्तै बैंकले यसअघि पनि विनाशकारी भूकम्पका पीडितहरुलाई आर्थिक सहयोग स्वरुप एक करोड सो कोषमा प्रदान गरेको थियो ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ, खेलकुद, शिक्षालगायतका क्षेत्रमा सहयोग पुर्‍याउदै आएको र भविश्यमा समेत यस्तो सेवा र सहयोगको काममा निरन्तरता दिने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत देवकोटाले जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार