• होमपेज
  • समाचार
  • फोरम नवलपरासीलाई ठुलो झट्का, केन्द्रिय नेताद्धारा राजिनामा

फोरम नवलपरासीलाई ठुलो झट्का, केन्द्रिय नेताद्धारा राजिनामा

  • मङ्लबार, भदौ २०, २०७४
फोरम नवलपरासीलाई ठुलो झट्का, केन्द्रिय नेताद्धारा राजिनामा

मोहम्मद ईजहार शेष,

परासी भदौं २०-

नेपाल लोकतान्त्रिक फोरमलाई नवलपरासीवाट ठुलो झट्का लागेको छ । पाटिका केन्द्रिय सदस्य उमेश यादवले पार्टी परित्याग गरेको घोषणा गरेसँगै फोरम भित्र जिल्लामा खैलाबैला मच्चिएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको चुनावकै मुखमा कार्यकर्ता सहित पाटी परित्याग गरेको यादवले एक बिज्ञप्ती मार्फत जानकारी गराएका छन् । प्रतापपुर गाउँपालिका ७ बस्ने यादव पार्टीको कार्यशैली प्रति असन्तुष्ट रहेको र यो बिषयमा केन्द्रिय समितिलाई समेत जानकारी गराउदा नेतृत्व तहले केही सुनवाई नगरेपछि पार्टी परित्याग गर्नुपरेको बताउनु भएको छ । नेता यादवले जारी गरेको बिज्ञप्तीमा पार्टीको जिल्ला तहको कार्यशैलीप्रति चरम असन्तुष्टी व्यक्त्त गरिएको छ ।

स्रोतका अनुसार नेता यादव नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारीमा हुनुहुन्छ । यद्यपी उँहाले भने यो बिषयमा अझै केही बोल्नु भएको छैन । नेता यादव कांग्रेसमा प्रवेश गरे प्रतापपुर र सुस्ता क्षेत्रवाट प्रदेश सभा निर्वाचन क्षेत्रमा बिधायकका लागि टिकटमा दावी गर्ने बुझिएको छ । तर विधायकका लागि सो क्षेत्रमा कांग्रसमा आकान्छी धेरै भएकाले यादव बिधायकको टिकट पाए पुनः कांग्रेसमा समेत खैलाबैला मच्चने कतिपयको आकलन छ ।

यता नेपाल लोकतान्त्रिक फोरमको आजै बसेको जिल्ला कार्य समितिको बैठकले नेता यादवलाई साधरण सदस्य समेत नरहने गरि पार्टीवाट निष्कासन गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार