• होमपेज
  • समाचार
  • कांग्रेसले माओवादीसँग तालमेल गरे कांग्रेस कार्यकर्ताले चुनाव बहिस्कार गर्ने

कांग्रेसले माओवादीसँग तालमेल गरे कांग्रेस कार्यकर्ताले चुनाव बहिस्कार गर्ने

  • मङ्लबार, भदौ २०, २०७४
कांग्रेसले माओवादीसँग तालमेल गरे कांग्रेस कार्यकर्ताले चुनाव बहिस्कार गर्ने

रौतहट, भदौ २० –

असोज २ गते तेस्रो चरणमा प्रदेश नम्बर २ मा हुन गइरहेको स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीबीच हुने भनिएको तालमेलविरुद्ध कांग्रेस कार्यकर्ता नै उत्रिएका छन् । रौतहटको चन्द्रपुर नगरपालिकामा कांग्रेस र माओवादीबीच चुनावी तालमेल गर्ने तयारी भइरहेको छ । तर केही कांग्रेस नेता र कार्यकर्ताले भने चुनावी तालमेल भए निर्वाचन बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

एमालेको प्रभाव क्षेत्र मानिएको चन्द्रपुरमा कांग्रेस र माओवादीबीच चुनावी तालमेल हुने तयारी भइरहेको छ । त्यसका लागि नेपाली कांग्रेसको रौतहट जिल्ला समिति र क्षेत्रीय समितिले तयारी समेत थालेको छ । तर, रौतहट क्षेत्र नम्बर ६ का सचिव बच्चुसाह कानुसहित ७ जना नेताले मंगलवार विज्ञप्ति जारी गरी चुनावी तालमेल गरे चुनाव बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

‘पार्टीको केन्द्र तथा जिल्ला समितिबाट अन्य पार्टीसँग तालमेल गरेर चुनाव लड्ने निर्णय भएमा चुनाव बहिस्कार गरिने छ,’ विज्ञप्तीमा भनिएको छ । तालमेलविरुद्ध विज्ञप्ती निकाल्नेमा क्षेत्र नम्बर ६ का सचिव बच्चु शाह कानुसहित महासमिति सदस्य देव प्रसार तिमल्सिना, मुकेश गिरी, महाधिवेशन प्रतिनिधि सूर्य बहादुर थापा, चन्द्रपुर नगर समिति प्रतिनिधि केदार थापा, नेविसंघ केन्द्रीय सदस्य नवराज देबकोटा र तरुण दलका प्रतिनिधि श्यामलाल ठोकर छन् ।

Facebook Comments

सम्बन्धित समाचार