• होमपेज
  • समाचार
  • स्टार कप फुटबलः ज्ञान ज्योती, युनाइटेड क्लव र प्रतिभा युवा क्लव क्वाटरफाइनलमा

स्टार कप फुटबलः ज्ञान ज्योती, युनाइटेड क्लव र प्रतिभा युवा क्लव क्वाटरफाइनलमा

  • सोमवार, भदौ १९, २०७४
स्टार कप फुटबलः ज्ञान ज्योती, युनाइटेड क्लव र प्रतिभा युवा क्लव क्वाटरफाइनलमा

सुवास लामिछाने,

चितवन, भदौ १९–

चितवनको माडीमा जारी सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता ‘स्टार कप’ अन्तरगत आज भएको खेलहरुमा ज्ञान ज्योती युवा क्लव भैरवपुर, युनाइटेड क्लव विरन्ची र प्रतिभा युवा क्लव विजयी हुँदै क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

आज भएको पहिलो खेलमा वाल्मीकि स्पोर्टस क्लव कल्याणपुरलाई टाईबेकरमा ४–२ गोल अन्तरले पराजित गदै ज्ञान ज्योती युवा क्लव भैरवपुरले क्वाटरफाईनलको स्थान सुरक्षित गरेको हो । त्यस्तै आजै भएको दोश्रो खेलमा बर्डस नेपाल बघौडालाई टाईबेकरमा ४–२ गोल अन्तरले नै पराजित गदै युनाइटेड क्लव विरन्चीले पनि क्वाटरफाईनलको स्थान सुरक्षित गरेको आयोजक कमिटीका खेल संयोजक अमित लामाले जानकारी दिनुभयो । निर्धारित समयमै दुवैपक्षवाट १–१ गोल भएपछि खेल टाइबेकरमा थलेकिएको हो । त्यस्तै आजको तेश्रो तथा अन्तिम खेलमा स्याउलीबास स्पोर्टस क्लव स्याउलीवासलाई १–० गोल अन्तरले पराजित गदै प्रतिभा युवा क्लव सितलपुर क्वाटरफाईनलमा पुग्न सफल भएको हो ।

माडीभरिका २५ टिमको सहभागितामा रहेको प्रतियोगिताको विजेताले ५५ हजार १ सय ५१ रुपैयाँ, उपविजेताले २६ हजार १ सय ५१ रुपैयाँसहितसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त आयोजक कमिटिका खेल संयोजक अमित लामाले जानकारी दिनुभयो । यससंगै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिल्डफिल्डर, सर्वाधिक गोलकर्ता, अनुशासित टिम, अनुशासित खेलाडीहरुलाई नगद सहित सम्मान गर्ने साथै सेमिफाईनलमा पुगेका ४ टिमलाई एक/एक सेट जर्सी वितरण गरिने आयोजक कमिटि स्टार स्पोर्टस क्लवका अध्यक्ष सूर्य अधिकारीले जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार