• होमपेज
  • समाचार
  • सुनको भाउ एक वर्ष यताकै महंगो

सुनको भाउ एक वर्ष यताकै महंगो

  • सोमवार, भदौ १९, २०७४
सुनको भाउ एक वर्ष यताकै महंगो

काठमाडौं, भदौ १९ –

सुनको भाउमा आएको उतार चढावका कारण कारोवार प्रभावित भएको छ । पोहोर परार दशैंका लागि माग आउने गरेकोमा यसपालि भाउमा आएको उतारचढावले कारोबार प्रभावित भएको नेपाल सुन चाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार पोहोर यतिबेला दैनिक ४० देखि ४५ किलो सुनको माग हुने गरेको थियो ।

अहिले मुस्किलले ३० किलो पुगेको उहाँले बताउनुभयो । यसैबिच सुन एक वर्ष यताकै महंगो भएको छ । पोहोर भदौमा सुनको भाउ तोलामा ५७ हजार रुपैयाँ पुगेको थियो । त्यसपछि क्रमश आरोलो लागेको सुन अलिहे फेरि बढेर त्यहि मूल्यमा पुगेको छ । आइतबार कायम भएको भाउमा दुई सय रुपैयाँले बढेर तोलामा सुन आज ५७ हजार रुपैयाँमा पुगेको छ ।

यस्तै चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर ७ सय ८५ रुपैयाँ पुगेको छ । अमेरिका र उत्तर कोरियाबिच तनाव अझै बढे सुनको भाउ फेरि बढ्ने शाक्यले बताउनुभयो । दुई देशबिचको टकरावका कारण सुरक्षित लगानीका लागि अन्तर्राष्ट्रिय बजारमा सुनमा आकर्षण बढ्दा भाउ बढेको हो ।

Facebook Comments

सम्बन्धित समाचार