• होमपेज
  • समाचार
  • चितवनमा दन्त प्रत्यारोपण सहज र सरल

चितवनमा दन्त प्रत्यारोपण सहज र सरल

  • सोमवार, भदौ १९, २०७४
चितवनमा दन्त प्रत्यारोपण सहज र सरल

चितवन, भदौं १९-

दाँत नभएको ठाउँमा दाँत रोप्ने पद्दतिलाई दन्त प्रत्यारोपण अर्थात् डेन्टल इमप्लान्ट भानिन्छ । दन्त चिकित्साको क्षेत्रमा यो एक नयाँ प्रबिधि हो । यो प्रबिधिमा मानिसको दाँत नभएको खाली ठाउँमा दाँतको कृतिम जरा रोपिन्छ । यहि जरा भित्र नक्कली दाँत राखिन्छ । यस्तो कृतिम जरा टाईटेनियमको हुन्छ र पुरै सुरक्षित मानिन्छ ।

साईराम डेन्टल केयर कमलनगर चोक नारायणगडकी प्रबन्ध निर्देशक डा. सरु थापाका अनुसार दन्त प्रत्यारोपण गर्दा कृतिम टाईटेनियमको जरा मानिसको मुखको हड्डीमा दुइ तिन महिना सम्म राखिन्छ र यो बीचमा कृतिम जरामा नयाँ हड्डी बन्दछ जसलाई अंग्रेजीमा आस्टियोइटीग्रेशन भनिन्छ । यसरी क्रितिम जरा हड्डीमा अडिएर बस्दछ र यस माथि कृतिम दाँत राखिन्छ । यसरि राखिएको दाँत हेर्दा सुन्दर देखिने मात्र होइन सक्कली दाँत जस्तै बलियो र चपाउन सजिलो हुन्छ ।

अब दन्त प्रत्यारोपण सहज र सरल रुपमा कमलनगर चोक नारायणगडमा रहेको साईराम डेन्टल केयरले उपलब्ध गराएको छ । जसले गर्दा झिक्ने र राख्ने पुरानो नक्कली दाँत राख्ने झन्झटबाट चितवनवासी पनि मुक्त भएका छन् । दाँतले मानिसको मुस्कानलाई सुन्दर देखाउने भएकाले पनि दन्त प्रत्यारोपण प्रति मानिसको आकर्षण बढदै गएको पाइन्छ ।

Facebook Comments

सम्बन्धित समाचार