• होमपेज
  • Uncategorized
  • भ्रष्टाचारीलाई चुनाव लड्न पाउने व्यवस्था कायमै गर्न कांग्रेसको यस्तो तयारी !

भ्रष्टाचारीलाई चुनाव लड्न पाउने व्यवस्था कायमै गर्न कांग्रेसको यस्तो तयारी !

  • आइतवार, भदौ १८, २०७४
भ्रष्टाचारीलाई चुनाव लड्न पाउने व्यवस्था कायमै गर्न कांग्रेसको यस्तो तयारी !

काठमाडौं,भदौं १८-

जेल सजाय भुक्तान गरेका व्यक्ति पनि निश्चित अवधीपछि चुनाव लड्न पाउनुपर्ने कांग्रेसका केही सांसदहरु समितिमा मतदान गराएरै बहुमतका आधारमा प्रतिवेदन पारित गरेर संसद्मा पठाउनुपर्ने तयारीमा छन् । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का निकट रहेका समितिका सदस्यहरुले कुनै पनि हालतमा संशोधनसहितको विषय पारित गरेर प्रतिवेदन तयार पार्नुपर्ने पक्षमा रहेको समिति स्रोतले जानकारी दिएको छ ।

“खुमबहादुर खड्कानिकटका केही सांसद्हरु आफ्नो अडानमा कायमै हुनुहुन्छ,” समिति स्रोतले भन्यो, “शुक्रबार समितिका केही सदस्यहरु बाहिर रहेकाले छलफल लम्ब्याएर सोमबारसम्म पुर्याइएको छ । कांग्रेसले समितिका सबै सदस्यलाई सोमबारको बैठकमा अनिवार्य उपस्थित हुन भनेको छ । समितिमा मतदान गराएर बहुमतका आधारमा प्रतिवेदन पारित गर्नुपर्ने उनीहरुको धारणा छ ।”

कांग्रेसको प्रस्तावमा माओवादीका सांसदहरुले पनि पक्षमा मतदान गर्न सक्ने समिति स्रोतले जानकारी दिएको छ । “पहिले भ्रष्टाचारीलाई चुनाव लड्न दिनुहुँदैन भन्ने सभापति दिलबहादुर घर्ती पनि अहिले संशोधन प्रस्ताव बहुमतले पारित गराएर संसद्मा पठाउनुपर्ने पक्षमा देखिनुभएको छ,” समितिका एक सदस्यले भने ।

शुक्रबार भएको समितिको बैठकमा अन्य दलका सांसद्हरुले विरोध गरे पनि कांग्रेसका सांसद्हरु भने मौन बसेका थिए । समितिको बैठक सोमबार बिहान बोलाइएको छ । निर्वाचन आयोगले विधेयक छिटो चाहियो भनेर दबाब दिइरहेको छ । शुक्रबार निर्वाचन आयोगका पदाधिकारी, गृह मन्त्री लगायतलाई बैठकमा बोलाइएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार