• होमपेज
  • समाचार
  • आंशिक प्राध्यापकद्धारा प्रधानमन्त्री निवास बाहिर प्रदर्शन

आंशिक प्राध्यापकद्धारा प्रधानमन्त्री निवास बाहिर प्रदर्शन

  • शनिबार, भदौ १७, २०७४
आंशिक प्राध्यापकद्धारा प्रधानमन्त्री निवास बाहिर प्रदर्शन

काठमाडौं, भदौ १७ –

करार नियुक्ति पाउनुपर्ने लगायत माग गर्दै आन्दोलन गरिरहेका त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकले शनिबारदेखि प्रधानमन्त्री निवास बाहिर प्रदर्शन गर्न थालेका छन् ।

लगातारको आन्दोलन र धर्नालाई सरकारले वेवास्ता गरेकाले त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउन बालुवाटार बाहिर प्रदर्शन गर्न शुरु गरिएको त्रिवि आंशिक प्राध्यापक संघका अध्यक्ष शशिकुमार शर्माले बताउनुभयो ।

आन्दोलनका लागि देशभरिका क्याम्पसबाट आंशिक शिक्षक काठमाडौ आइपुगेका र माग पुरा नहुँदासम्म दिनहुँ विहान ९ देखि दिउँसो १ बजेसम्म बालुवाटारमा प्रदर्शन गर्ने उहाँले बताउनुभयो । वर्षौदेखि आंशिक रुपमा पढाइरहेका त्रिविका प्राध्यापकलाई करार गर्नुपर्ने लगायतका माग गर्दै झण्डै तीन महिनादेखि आंशिक प्राध्यापकहरु आन्दोलन गरिरहेका छन् । उनीहरुले एक महिनादेखि त्रिभुवन विश्वविद्यालयको मुख्य कार्यालय कीर्तिपुर बाहिर रिले अनसन पनि दिइरहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार