• होमपेज
  • समाचार
  • नवलपरासीमा छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, ४ घाईते

नवलपरासीमा छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, ४ घाईते

  • शनिबार, भदौ १७, २०७४
नवलपरासीमा छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, ४ घाईते

ज्ञानु पंगेनी,

नवलपरासी, भदौं १७–

नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–६ शिपपुर गढिको पिपलबोट नजिकै शनिबार ट्याक्टरले ठक्कर दिँदा दुई वर्षीय बालकको मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय वेलाटारीले दिएको जानकारी अनुसार शिवपुर गढिबाट त्रिवेणीतर्फ जाँदै गरेको लु २ त १८९३ नम्बरको ट्याक्टरले खेलिराखेको अवस्थामा बालकलाई ठक्कर दिदा गम्भिर घाईते भई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा विनयी त्रिवेणी गाउँपालिका–६ बस्ने विकास शाहनी रहेको प्रहरीले जनाएको छ । ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएपनि चालक भनेर फरार रहेको र खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यस्तै नवलपरासीको कावासोती नगरपालिका–१७ डण्डा–कोल्हुवा भित्री सडक खण्डको बबनौली चोकमा दुईवटा मोटरसाईकल एक आपसमा ठक्कर खादा ४ जना घाईते भएका छन । एक जनाको अवस्था गम्भिर रहेको छ ।

डण्डा प्रहरीले दिएको जानकारी अनुसार शनिबार दिउँसो ना ४ प २१ नम्बरको मोटरसाईकलाई लु ३४ प २३१६ नम्बरको मोटरसाईकलले ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा २३१६ मा सवार २५ वर्षका सोमनारायण पंजियार गम्भिर घाईते भएका छन् । सोहि मोटरसाईकलमा सवार २२ वर्षका भुपेन्द्र पंजियार, २५ वर्षका नरेश पंजियार पनि घाईते भएका छन् । उनीहरु एउटै मोटरसाईकलमा ३ जना सवार रहेका थिए । तिनै जना देवचुली १७ कुजौली निवासी रहेको प्रहरीले जनाएको छ ।

यस्तै, २१ नम्बरको मोटरसाईकलमा सवार कावासोती १७ का २४ वर्षका शत्रुघन थापा पनि घाईते भएको प्रहरीले जनाएको छ । उनीहरु ४ जनाको कावासोती–१६ डण्डामा रहको मध्यविन्दु सामुदायिक स्मृति अस्पतालमा उपचार भईहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार