• होमपेज
  • Uncategorized
  • दुई नम्बरमा पनि चितवनमा झैँ धाँधली गर्ने सम्भावना छः ओली

दुई नम्बरमा पनि चितवनमा झैँ धाँधली गर्ने सम्भावना छः ओली

  • शनिबार, भदौ १७, २०७४
दुई नम्बरमा पनि चितवनमा झैँ धाँधली गर्ने सम्भावना छः ओली

काठमाडौं,भदौं १७-

नेकपा एमालेका अध्यक्ष केपी ओलीले दुई नम्बर प्रदेशको निर्वाचनमा पनि अन्य पार्टीले चितवनको भरतपुरमा झैँ धाँधली गर्ने सम्भावना रहेकोले कार्यकर्ता चनाखो रहन निर्देशन दिएका छन्। धुम्बाराहीमा नेकपा एमालेद्वारा आयोजित दुई नम्बर प्रदेशका अगुवा कार्यकर्ता भेलामा बोल्दै ओलीले भने, ‘दुई नम्बर प्रदेशको निर्वाचनमा पनि चितवनमा जस्तै रिङ बाहिर गएर हान्ने खतरा छ, त्यसमा एमाले नेता कार्यकर्ताले सचेत हुनुपर्छ।’

उनले एमालेसँग एक्लाएक्लै लड्ने आँट नभएपछि अरु पार्टीले गठबन्धन गरेको आरोप लगाए। ‘वैशाखी त्यसलाई चाहिने हो जसको गोडा कमजोर छ, हाम्रा त आफ्नै खुट्टा बलिया छन्,’ उनले भने। उनले हाल एमालेमाथि चौतर्फी प्रहार भइरहेको बताउँदै पार्टीले बनाएको उम्मेदवार स्वीकार गर्न कार्यकर्तालाई आग्रह गरे।

‘एमालेमाथि चौतर्फी प्रहार र घेराबन्दी भइरहेको छ, त्यसैले यसबेला पार्टीले जसलाई उम्मेदवार बनाए पनि तपाईंहरुले स्वीकार गर्नुहोला,’ ओलीले भने, ‘हामी विवेक पुर्‍याएर नै उम्मेदवार छनौट गर्छौं।’ अध्यक्ष ओलीले एमालेले सहिदलाई आँप झरेको, बिहारी भनेको भनेर अरुले दलले हल्ला चलाएको आरोप लगाए। ‘एमाले सुन पोलेजसरी बोल्छ,’ उनले भने, ‘हामी मधेसी दाजुभाइको अपमान गर्न सक्दैनौँ।’

Facebook Comments

सम्बन्धित समाचार