• होमपेज
  • समाचार
  • पहिरोले सिन्धुपाल्चोकको एक विद्यालय भवन पुरियो

पहिरोले सिन्धुपाल्चोकको एक विद्यालय भवन पुरियो

  • शनिबार, भदौ १७, २०७४
पहिरोले सिन्धुपाल्चोकको एक विद्यालय भवन  पुरियो

चौतारा, भदौ १७ –

शनिबार रातिको भारी वर्षासँगै खसेको पहिरोले सिन्धुपाल्चोकको एक विद्यालय भवन पुरिएको छ।
साविक फुल्पिङकोट गाविस-९ हाल बलेफी गाउँपालिका-३ धुस्कोटको ओख्रेनीस्थित चारकोठे सिमासिंह आधारभूत विद्यालय भवन पुरिएकाले पठनपाठनमा असर पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोनाम तामाङले बताउनुभयो ।

करिब डेढ सय मिटरमाथिबाट खसेको पहिरोको लेदोले विद्यालय भवन पुर्नुका साथै त्यहाँस्थित थारमारे र भुसुने खोलामा बाढीले गहिर्‍याएर खोंच बनाएकोले बालबालिकालाई आवतजावत गर्न समेत कठिनाइ भएको छ ।

सँगै रहेको ट्रस्टलाई मर्मत गर्नसमेत ठाउँ ठाउँमा सडक भत्किएकाले सामान ढुवानी गर्न कठिनाई भएको हुँदा त्यहाँ अध्यनरत ६४ जना बालबालिकालाई त्रिपाल हालेर पढाउनुको विकल्प नभएको अध्यक्ष तामाङले गुनासो गर्नुभयो । – रासस

Facebook Comments

सम्बन्धित समाचार