• होमपेज
  • समाचार
  • भरतपुर अस्पताललाई उत्कृष्ट अस्पतालको अवार्ड

भरतपुर अस्पताललाई उत्कृष्ट अस्पतालको अवार्ड

  • शनिबार, भदौ १७, २०७४
भरतपुर अस्पताललाई उत्कृष्ट अस्पतालको अवार्ड

चितवन,भदौं १७-

स्वास्थ्य खबरपत्रिकाले प्रदान गर्दै आएको हेल्थ अवार्ड २०७४ बाट भरतपुर अस्पताल उत्कृष्ट अस्पताल रुपमा सम्मानित भएको छ । शुक्रवार काठमाडौंमा एक विशेष समारोहका विच भरतपुर अस्पतालसंगै उत्कृष्ठ स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीलाई सम्मान गरिएको हो ।

यस वर्ष उत्कृष्ट डाक्टर मुगु जिल्ला अस्पतालमा कार्यरत डा जितेन्द्र कँडेल र उत्कृष्ट नर्स बाग्लुङ जिल्ला जनस्वास्थ्य कार्यालयमा कार्यरत हरिकाशी पालिखे भए । यसैगरी लाइफटाइम अचिभमेन्ट अवार्डबाट आँखा उपचारका क्षेत्रमा योगदान पुर्‍याएवापत डा रामप्रसाद पोखरेललाई सम्मान गरियो ।

सुदूरपश्चिममा पुगेर स्वास्थ्य क्षेत्रमा योगदान दिएका जनस्वास्थ्य अधिकृत परशुराम श्रेष्ठ उत्कृष्ट जनस्वास्थ्य अधिकृत ठहरिए । सिरहामा कार्यरत सिअहेव गंगाराम साह उत्कृष्ट स्वास्थ्यकर्मी, राष्टिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन कोशिश उत्कृष्ट सामाजिक संस्था, भगवानलाई भेट्नुअघि बिरामीलाई भेट्ने स्वयंसेविका उर्मिला खत्वे उत्कृष्ट स्वयंसेविका ठहरिइन् ।

यस वर्षदेखि आरम्भ गरिएको स्वस्थ नागरिक अवार्ड धनगढीका ९२ वर्षे बद्रीनाथ भण्डारीलाई दिइएको छ। अवार्ड अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले संयुक्त रुपमा वितरण गरे ।

Facebook Comments

सम्बन्धित समाचार