• होमपेज
  • समाचार
  • स्टार कपः पहिलो खेलमा प्रतिभा युवा क्लव विजयी

स्टार कपः पहिलो खेलमा प्रतिभा युवा क्लव विजयी

  • शनिबार, भदौ १७, २०७४
स्टार कपः पहिलो खेलमा प्रतिभा युवा क्लव विजयी

सुवास लामिछाने,

चितवन, भदौं १७–

चितवनको माडीमा जारी सर्वाधिक धनराशीको फुटवल प्रतियोगिता स्टार कपको आजको पहिलो खेलमा प्रतिभा युवा क्लव सितलपुर विजयी भएको छ ।

दिउँसो १२ बजेपछि भएको पहिलो खेलमा ब्याइज युनियज द्रोपतिनगरलाई ३–१ गोल अन्तरले पराजित गर्दै प्रतिभा युवा क्लव क्वाटरफाईलनमा प्रवेश गरेको छ ।

यस्तै प्रतियोगिता अन्तरगत दोस्रो खेलमा अहिले बसन्तपुर युनाइटेड क्लव ‘ए’ विरुद्ध स्टार स्पोर्टस क्लव ‘ए’बीच भिडन्त भईरहेको छ । यस्तै आजै हुने अन्तिम खेलमा दिउँसो ४ बजे चैनपुर एफ.सी चैनपुरविरुद्ध नेपाल बोटे समाज वनकट्टाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

माडीभरिका २५ टिमको सहभागिता रहेको यस प्रतियोगिताको विजेताले ५५ हजार १ सय ५१ रुपैयाँ, उपविजेताले २६ हजार १ सय ५१ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यससंगै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिल्डफिल्डर, सर्वाधिक गोलकर्ता, अनुशासित टिम, अनुशासित खेलाडीहरुलाई नगद सहित सम्मान गर्ने साथै सेमिफाईनलमा पुगेका ४ टिमलाई एक/एक सेट जर्सी वितरण गरिने आयोजक कमिटिका अध्यक्ष सूर्य अधिकारीले नारायणी अनलाईनलाई जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा