• होमपेज
  • समाचार
  • नेपालगञ्जमा आज बक्रईद धुमधामसाथ मनाइँदै

नेपालगञ्जमा आज बक्रईद धुमधामसाथ मनाइँदै

  • शनिबार, भदौ १७, २०७४
नेपालगञ्जमा आज बक्रईद धुमधामसाथ मनाइँदै

आकाश देबकोटा

बाँके, भदौ १७ –

मुस्लिम धर्मालम्बीहरूको पर्वमध्यको महत्वपूर्ण मानिने बक्रईद नेपालगञ्जका मुस्लिम समुदायले धुमधामका साथ मनाइ रहेका छन् । त्याग र बलिदानको पर्वका रुपमा स्थापित बक्रईदमा मुस्लिमहरूले बली दिएर ईश्वरीय आशीर्वाद प्राप्त गर्दछन् ।

मुस्लिम हिजरीको सम्बत सुरु हुनुभन्दा पहिले नै अल्लाहका दूत ईब्राहिम अलहिदलाई सपनामा आफ्नो छोराको बली मागेको र अल्लाहको आदेशभन्दै अलहिदले छोराको बलिदिन तैयार हुँदा अल्लाहले छोरालाई हटाई त्यस स्थानमा भेडा राखी दिएको भन्ने किम्बदन्ती रहेको छ ।

मुसलमानले भेडा, खसी, राँगाको बली दिएर बक्रईद मनाउने गर्दछन् । हरेक मुसलमानले आफूले सक्दो कुर्बानी दिनै पर्ने ब्यवस्था गरेको छ । कुर्बानी दिएको मासुलाई ३ भाग लगाउने र त्यसमध्य १ भाग छिमेकीलाई १ भाग गरिब असाहयलाई र १ भाग आफूले खाने चलन रहेको पूर्व केन्द्रीय हज कमिटीका अध्यक्ष मौलाना अब्दुल जवार मञ्जरीले बताउनु भयो ।

Facebook Comments

सम्बन्धित समाचार