• होमपेज
  • समाचार
  • माडीमा जारी स्टार कप फुटबलमा आज तीन खेल

माडीमा जारी स्टार कप फुटबलमा आज तीन खेल

  • शनिबार, भदौ १७, २०७४
माडीमा जारी स्टार कप फुटबलमा आज तीन खेल

सुवास लामिछाने,

चितवन, भदौं १७–

चितवनको माडीमा जारी सर्वाधिक धनराशीको फुटवल प्रतियोगिता स्टार कपमा आज तीन खेल हुँदैछन् ।

आज पहिलो खेलमा दिउँसो १२ बजे प्रतिभा युवा क्लव सितलपुर विरुद्ध ब्याइज युनियज द्रोपतिनगर, दोस्रो खेलमा दिउँसो २ बजे बसन्तपुर युनाइटेड क्लव ‘ए’ विरुद्ध स्टार स्पोर्टस क्लव ‘ए’ र अन्तिम खेलमा दिउँसो ४ बजे चैनपुर एफ.सी चैनपुरविरुद्ध नेपाल बोटे समाज वनकट्टाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

माडीभरिका २५ टिमको सहभागिता रहेको यस प्रतियोगिताको विजेताले ५५ हजार १ सय ५१ रुपैयाँ, उपविजेताले २६ हजार १ सय ५१ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यससंगै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिल्डफिल्डर, सर्वाधिक गोलकर्ता, अनुशासित टिम, अनुशासित खेलाडीहरुलाई नगद सहित सम्मान गर्ने साथै सेमिफाईनलमा पुगेका ४ टिमलाई एक/एक सेट जर्सी वितरण गरिने आयोजक कमिटिका अध्यक्ष सूर्य अधिकारीले नारायणी अनलाईनलाई जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार