• होमपेज
  • समाचार
  • अमेरिकाको तेल प्रशोधन केन्द्रमा बाढी पस्यो, इन्धन संकट आइपर्न सक्ने

अमेरिकाको तेल प्रशोधन केन्द्रमा बाढी पस्यो, इन्धन संकट आइपर्न सक्ने

  • शुक्रबार, भदौ १६, २०७४
अमेरिकाको तेल प्रशोधन केन्द्रमा बाढी पस्यो, इन्धन संकट आइपर्न सक्ने

एजेन्सी,भदौ १६ –

हार्वी नामको आँधीका कारण टेक्सासको एक तेल प्रशोधन केन्द्रमा शुक्रबार बाढी पसेपछि इन्धन संकट देखा पर्न सक्ने बताइएकाे छ । साथै पेट्रोलियम पदार्थको मूल्यमा शुक्रबार अचानक गिरावट आएको छ ।
अाँधीका कारण टेक्सासमा रहेको तेल प्रशोधन केन्द्रमा बाढी पसेको हो । बाढीले गर्दा तेल उत्पादनमा अवरोध सिर्जना भएको छ। बाढीले केन्द्रको एक तिहाई भागलाई प्रभावित पारेको समाचारले जनाएका छन् । यसले गर्दा प्रतिदिन ४.४ मिलियन ब्यारेलका दरले तेल उत्पादनमा कमी आउने बताइएको छ । अमेरिकाभर बिदाको समयमा इन्धन संकट देखा पर्ने चिन्ता बढेको छ ।
हालसम्म उक्त आँधीका कारण ४४ जना मानिसले ज्यान गुमाइ सकेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार