• होमपेज
  • समाचार
  • दशैँका लागि साढे २ हजार खसीच्याङग्रा ल्याइँदै

दशैँका लागि साढे २ हजार खसीच्याङग्रा ल्याइँदै

  • शुक्रबार, भदौ १६, २०७४
दशैँका लागि साढे २ हजार खसीच्याङग्रा ल्याइँदै

काठमाडौं, भदौ १६ —

नेपाल खाद्य संस्थानले दशैँका लागि करिब दुई हजार ५०० खसीच्याङ्ग्रा काठमाडौँ ल्याउने भएको छ ।

उपभोक्तालाई लक्ष्य गरेर एक हजार ५०० खसी र एक हजार च्याङ्ग्रा ल्याइने संस्थानका विभागीय प्रमुख श्रीमणिराज खनालले जानकारी दिए। उनका अनुसार एक हजार खसी हेटौँडा र ५०० खसी दाङ तथा एक हजार च्याङ्ग्रा मुस्ताङबाट ल्याइनेछ । खसीच्याङ्ग्रा संकलन गर्न सम्बन्धित अञ्चल कार्यालयलाई निर्देशन दिइसकेको छ ।

संकलित खसीच्याङ्ग्रा काठमाडौँ उपत्यकाको थापाथलीस्थित संस्थानको अंचल कार्यालयबाट घटनास्थापनापछि बिक्रीवितरण गरिने खनालले बताए ।

यसैबीच शुक्रबारदेखि रामशाहपथस्थित नेशनल ट्रेडिङ लिको कार्यालयमा सहुलियत पसल संचालन हुने भएको छ । यस वर्ष पनि संस्थान, नेशनल ट्रेडिङ, साल्ट टे«डिङ लि र दुग्ध विकास संस्थानले दशैँतिहारका लागि चाहिने उपभोग्य वस्तुका लागि सहुलियत पसल सञ्चालन गर्नेछन् ।

यस पटक दशैँदेखि छठसम्मका लागि काठमाडौं उपत्यकाका टेकु, महाराजगञ्ज, सातदोबाटो, थापाथली, कलंकी, कोटेश्वर र पुरानो बानेश्वर गरी आठ ठाउँमा सुपथ पसल संचालन गरिनेछ । रासस

तपाईको प्रतिक्रिया

Facebook Comments

सम्बन्धित समाचार