• होमपेज
  • मनोरञ्जन
  • ‘दुई रुपैयाँ’को ओएसटी गीत सार्वजनिक, लाउरे र एड्रेको र्‍याप (भिडियो)

‘दुई रुपैयाँ’को ओएसटी गीत सार्वजनिक, लाउरे र एड्रेको र्‍याप (भिडियो)

  • शुक्रबार, भदौ १६, २०७४
‘दुई रुपैयाँ’को ओएसटी गीत सार्वजनिक, लाउरे र एड्रेको र्‍याप (भिडियो)

काठमाडौँ,भदौ १६ –

भाद्र २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘दुई रुपैयाँ’को ओएसटी गीत सार्वजनिक भएको छ । दुई रुपैयाँ बोलको ओएसटी गीतमा लाउरे र एड्रेको स्वर रहेको छ । यस्तै, गीतमा शब्द संगीत रोहित शाक्यको छ । भिडियोमा भने लाउरे, एड्रेसँगै फिल्मका मुख्य कलाकार द्धय निश्चल बस्नेत र आशिफ शाहलाई पनि देख्न सकिन्छ ।

फिल्ममा समावेश ‘कुटुमा कुटुु बोलको गीतका कारण पनि चर्चा रहेको फिल्म ‘दुई रुपैयाँ’को ट्रेलर र ‘टल्क्यो जावनी’ बालको गीत पनि सार्वजनिक भैसकेको छ । फिल्ममा निश्चलले ‘जुरेली’ र अशिफले ‘दाह्री’को भूमिका निर्वाहा गरेका छन् ।

ए जि टु वान प्रोडक्शन प्रा.ली. र ब्ल्याक हर्स प्रा।ली।ले निर्माण गरेको यो फिल्ममा निश्चल र आशिफसहित कलाकारहरु बुद्धि तामाङ, मेनुका प्रधान, रविन्द्र झा, राजन ईशान, प्रमोद अग्रहरी लगायतको पनि अभिनय रहेको छ । फिल्मलाई असिम शाहले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नुहोस् :-

Facebook Comments

सम्बन्धित समाचार