नेपाल स्टक एक्सचेन्ज नेप्सेले मार्जिन कारोबार योग्य सूचीकृत कम्पनीहरुको अद्यावधिक सूची सार्वजनिक गरेको छ। नयाँ सूची अनुसार लगानीकर्ताले ११२ कम्पनीको शेयर धितो राखेर शेयर धितो कर्जा लिन सक्ने छन् ।
नेप्सेले मार्जिन कारोबारको लागि मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पुरा गरेका कम्पनीहरुको सूची सोही कार्यविधिको दफा ९(१) मा रहेको व्यवस्था बमोजिम प्रकाशन गरेको हो।
हेर्नुस् कुन कुन कम्पनीको शेयर धितो राखेर पाइन्छ शेयर धितो कर्जा ?