• होमपेज
  • समाचार
  • ग्लोबल आइएमई लघुवित्तको वार्षिक साधारणसभाबाट १०% नगद लाभांश अनुमोदन

ग्लोबल आइएमई लघुवित्तको वार्षिक साधारणसभाबाट १०% नगद लाभांश अनुमोदन

  • आइतवार, पुस २९, २०८०
ग्लोबल आइएमई लघुवित्तको वार्षिक साधारणसभाबाट १०% नगद लाभांश अनुमोदन

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको ११ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७९/८० को लाभांश अनुमोदन भएको छ।

आज पोखराको लेकसाइडस्थित बेस्ट रिसोर्ट नेपालमा सम्पन्न वार्षिक साधारणसभाले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको १० प्रतिशतले हुन आउने ६ करोड १८ लाख ९० हजार ४.५० रुपैयाँ नगद लाभांश (करसहित) अनुमोदन गरेको छ।

सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ। सभाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम संस्थाको संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको छ।

एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त संस्थाहरु गाभ्ने वा प्राप्ति गर्ने प्रयोजनका लागि उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गरेको छ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)