• होमपेज
  • वाणिज्य बैंक
  • वुलिङ एयर ईभी किन्न नबिल बैंकबाट ८०%भन्दा बढी कर्जा सुविधा

वुलिङ एयर ईभी किन्न नबिल बैंकबाट ८०%भन्दा बढी कर्जा सुविधा

  • शुक्रबार, भदौ २२, २०८०
वुलिङ एयर ईभी किन्न नबिल बैंकबाट ८०%भन्दा बढी कर्जा सुविधा

नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुपअन्तर्गतको ईभी नेपाल मोटर्सले सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन नबिल बैंकसँग सहकार्यको घोषणा गरेको छ।

यससम्बन्धी सम्झौतापत्रमा ईभी नेपाल मोटर्सका तर्फबाट र नबिल बैंकका तर्फबाट बैंकका प्रतिनिधि तथा कम्पनीका तर्फबाट कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार वुलिङ एयर ईभी किन्न चाहने ग्राहकलाई नबिल बैंकले गाडीको मूल्यको ८० प्रतिशतभन्दा बढीसम्म कर्जा उपलब्ध गराउनेछ।

२०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा वुलिङ एयर ईभी उपलब्ध छ। यसको मूल्य क्रमशः २० लाख ९९ हजार रुपैयाँ र ३० लाख ९९ हजार रुपैयाँ छ।

वुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ। वुलिङ एयर ईभी चाहिँ इन्डोनेसियामा लोकप्रिय रहेको इलेक्ट्रिक कार हो।

ग्लोबल स्मार्ट इलेक्ट्रिक भेइकल (जीएसईभी) प्लेटफर्ममा वुलिङ एयर ईभी बनेको छ। यही प्लेटफर्ममा होङ गुवाङ मिनी ईभी र बाओजुन किवी ईभीसमेत बनेका छन्। वुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो।

सिटी ड्राइभिङका लागि उपयुक्त यो इलेक्ट्रिक कार ३० किलोवाट वा ५० किलोवाट क्षमताको छ भने यसमा भएको लिथियम आइरन फस्फेट ब्याट्रीले ३ सय किलोमिटरसम्मको रेन्ज दिन्छ।

अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि यसलाई चलाउन सकिन्छ।

रिमोटबाटै सञ्चालन गर्न सकिने, सजिलै घरमा चार्ज गर्न सकिने र १०० रुपैयाँ खर्चमा ३०० किलोमिटर चलाउन सकिने यो इलेक्ट्रिक कार चढ्दा खर्चको बचत हुने, इन्धन हाल्न नपर्ने, सर्भिस र पार्ट्स खर्च नहुने तथा वातावरणसमेत स्वच्छ राख्न सहयोग पुग्ने कम्पनीको भनाइ छ।

कम्पनीले नेपाली बजारमा छिट्टै अर्को नया मोडेल वुलिङ बिङ्गो फोर डोर ईभी पनि नेपाली बजारमा लन्च गर्ने तयारी गरेको कम्पनीका एसिस्टेन्ट जेनेरल म्यानेजर एनके शरदले जानकारी दिए।

Facebook Comments

सम्बन्धित समाचार