• होमपेज
  • बजार
  • ज्योति क्यापिटलको एजीएमबाट साढे १०% नगद लाभांश पारित

ज्योति क्यापिटलको एजीएमबाट साढे १०% नगद लाभांश पारित

  • शुक्रबार, भदौ २२, २०८०
ज्योति क्यापिटलको एजीएमबाट साढे १०% नगद लाभांश पारित

ज्योति क्यापिटल लिमिटेडको प्रथम वार्षिक साधारणसभाबाट साढे १० प्रतिशत नगद लाभांश अनुमोदन भएको छ।

सञ्चालक समितिका अध्यक्ष कपिल ढकालको अध्यक्षतामा बिहीबार काठमाण्डौको कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा आयोजित वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९–८०को नगद लाभांश अनुमोदन गरेको हो। जसअनुसार सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्तापुँजीको १०.५२६३ प्रतिशतका दरले हुन आउने लाभांश करसहित रु. २ करोड २१ लाख ५ हजार २३० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ।

सभाले ज्योति विकास बैंक वाहेकका संस्थापक समूहको सेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा अविनाश उप्रेतीलाई निर्विरोध निर्वाचितसमेत गरेको छ। ज्योति विकास बैंकको सहायक कम्पनीका रुपमा रहेका यो क्यापिटलको चुक्तापुँजी २१ करोड रहेको छ।

कारोबार सञ्चालनको अनुमति पाएको ३ महिनाभन्दा कम समयमा नै क्यापिटलले रु. ६३.५९ लाखको आयकर तथा रु. ३.७२ लाखबराबर अन्य कर गरी जम्मा रु. ६७.३१ लाख करमार्फत राज्यको समृद्धिमा योगदान पुर्याएको छ।

हरेक ग्राहकको सम्पन्नताको सहयात्री बन्ने उद्देश्य बोकेको यो क्यापिटल नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकिङ कार्य गर्न अनुमतिका लागि आवेदन गरी धितोपत्र बोर्डबाट पूर्वाधार तयार गर्ने पत्र प्राप्त गरी लगानी व्यवस्थापन, संस्थागत परामर्शलगायतका सेवा प्रदान गर्ने गरी पूर्ण सञ्चालनमा आउने क्रममा रहेको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि