• होमपेज
  • वाणिज्य बैंक
  • कृषि विकास बैंकको नयाँ भर्जन एडीबीएल स्मार्ट प्लसको मोबाइल बैंकिङ सुरुआत

कृषि विकास बैंकको नयाँ भर्जन एडीबीएल स्मार्ट प्लसको मोबाइल बैंकिङ सुरुआत

  • शुक्रबार, भदौ २२, २०८०
कृषि विकास बैंकको नयाँ भर्जन एडीबीएल स्मार्ट प्लसको मोबाइल बैंकिङ सुरुआत

कृषि विकास बैंकले विद्युतीय भुक्तानीको कारोबारमा जोड दिएको छ। डिजिटल्ली एडीबीएल भन्ने नाराका साथ विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्राथमिकता साथ सञ्चालन तथा परिमार्जन गरिरहेको छ।

आज भदौ २२ गतेबाट कृषि विकास बैंकको मोबाइल बैंकिङ सिस्टम अपग्रेड गरेको छ। बैंकका करिब ५ लाख मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुको कारोबारको सुरक्षा तथा थप सेवा उपयोग गर्न सरल र सहज हुने हिसाबले आकर्षक इन्टरफेससहित मोबाइल बैंकिङको नयाँ भर्सन एडीबीएल स्मार्ट प्लस जारी गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी दिए।

बैंकको नयाँ भर्जन एडीबीएल स्मार्ट प्लस मोबाइल बैंकिङमा निम्नबमोजिमका सुविधा रहने बैंकले जनाएको छ।

  • मोबाइल बैंकिङको युजर पासवर्ड प्रयोग गरी वेबबाट लगइन गर्न सकिने र यसरी लगइन गर्दा इन्टरनेट बैंकिङ सेवासरहको भुक्तानी सीमा कायम हुने।
  • बैंकले उपलब्ध गराएका डेविट कार्ड, मुद्दति खाता, व्यक्तिगत कर्जालगायतका सेवाहरुको ब्याजदर, कारोबार रकम तथा म्याचुरिटी डेट हेर्न सकिने।
  • विभिन्न वालेटहरुमा व्यालेन्स लोड गरी कारोबार गर्न सकिने।
  • मोबाइलको लेआउटमा पर्याप्त ध्यान दिई सेवाग्राहीका लागि सजिलो युजरइन्टरफेस तयार गरिएको।
  • ग्राहक सेवामा देखिएका समस्याहरु तथा जानकारीहरु सम्प्रेषण गर्न सकिने गरी कस्टमर फिडब्याकसम्बन्धी व्यवस्था गरिएको।
  • कारोबारको डिप्युटलज गर्न सकिने
  • बैंकले उपलब्ध गराएको डेबिट कार्ड हराएमा वा चोरी भएमा मोबाइल बैंकिङबाट कार्ड ब्लकका लागि अनुरोध गर्न सकिने।
  • डेबिट कार्डको पिन बिर्सेमा पुनः अनुरोध गर्न सकिने।
  • चेक बुक तथा बैंक विवरण अनुरोध गर्न सकिने।
  • बचत खातामा भएको रकमबाट मुद्दति खाता खोल्न सकिने।
  • रजिस्ट्रेसन गर्दाका बखत नै विभिन्न क्वेइसेनहरु सेट गरी मोबाइल बैंकिङ कारोबारलाई थप सुरक्षित गर्न सकिने।
  • टु वे अथेन्टिकेसन गरी कारोवारको सुरक्षा गर्न सकिने।
  • खातावालाको प्रोफाइल, खाताको विवरण, कारोबारको विवरणलगायत अन्य क्विक पेमेन्ट्ससम्बन्धी फिचरहरु थप भएको।
  • बैंकका विभिन्न सेवाहरुको जानकारी प्राप्त गर्न सकिने व्यवस्था भएको।
  • विभिन्न मर्चेन्टहरुको बिल भुक्तानी गर्न सकिने।
  • अनलाइन अकाउन्ट, ब्याजदर, ब्रान्च नेटवर्कलगायत बैंकका विभिन्न सेवाहरुको जानकारी लिन सकिने।
  • रजिस्टर्ड मोबाइलबाट ग्राहकले मोबाइल बैंकिङ सेवा बन्द गर्न चाहेमा ब्लक लेखी ३२४२५ मा एसएमएस पठाएर सेवा रोक्का गर्न सकिने।
Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा