• होमपेज
  • समाचार
  • निक्षेप तथा कर्जा सुरक्षण कोषले उत्कृष्ट नारा (ब्राण्ड स्लोगन ) सुझाउनेलाई ५० हजार रुपैयाँ पुरस्कार

निक्षेप तथा कर्जा सुरक्षण कोषले उत्कृष्ट नारा (ब्राण्ड स्लोगन ) सुझाउनेलाई ५० हजार रुपैयाँ पुरस्कार

  • मङ्लबार, भदौ १४, २०७९
निक्षेप तथा कर्जा सुरक्षण कोषले उत्कृष्ट नारा (ब्राण्ड स्लोगन ) सुझाउनेलाई ५० हजार रुपैयाँ पुरस्कार

निक्षेप तथा कर्जा सुरक्षण कोषले उत्कृष्ट नारा (ब्राण्ड स्लोगन ) सुझाउनेलाई ५० हजार रुपैयाँ पुरस्कार राशीको घोषणा गरेको छ ।

कोषले सार्वजनिक सूचना प्रकाशन गर्दै कोषले प्रदान गर्ने सेवा, कोषको महत्व झल्काउने गरी कम्तीमा २ शब्द वा बढीमा १० शब्दसम्मको नारा तयार पारेर लिखित प्रस्ताव फेसबुक पेज, इमेल ठेगाना वा हुलाकमार्फत् सिधै कार्यालयमा पठाउन आह्वान गरेको छ ।
एक व्यक्ति वा संस्थाले बढीमा ३ वटासम्म नारा प्रस्ताव गर्न सक्नेछन् । कोषले भदौ २६ गतेभित्र नारा सहित प्रस्ताव पेश गर्नको लागी अनुरोध गरेको छ । प्राप्त प्रस्तावमध्ये मूल्यांकन समितिले उत्कृष्ट ठहर्‍याउने १ जनालाई विजेता घोषित गरी पुरस्कार राशी प्रदान गरिनेछ ।

Facebook Comments

सम्बन्धित समाचार