• होमपेज
  • अर्थ/वाणिज्य
  • नबिल बैंकको ५० करोड कर्जा डुब्यो, अध्यक्ष पौड्याल र सीइओ ढुंगानाको कोर बैकिङ्गले हावा खायोः राष्ट्र बैंक बेखबर

नबिल बैंकको ५० करोड कर्जा डुब्यो, अध्यक्ष पौड्याल र सीइओ ढुंगानाको कोर बैकिङ्गले हावा खायोः राष्ट्र बैंक बेखबर

  • मङ्लबार, भदौ १४, २०७९
नबिल बैंकको ५० करोड कर्जा डुब्यो, अध्यक्ष पौड्याल र सीइओ ढुंगानाको कोर बैकिङ्गले हावा खायोः राष्ट्र बैंक बेखबर

नेपालको प्राइभेट सेक्टरको सबैभन्दा ठूलो र पूरानो बैंक नबिल बैंक एक पछि अर्को गर्दै विवादमा फस्दै आएको भेटिएको छ । एनबी बैंकका कर्मचारीलाई रुवाबासी गराँउदै घर पठाएको नबिल बैंक भित्र दर्जनौ ठूला कर्जा खराब कर्जामा परिणत भएको खुलेको छ । यसै पनि एनबी बैंक भित्र सयौं ठूला कर्जा उठेको थिएन । नबिल बैंकमा एनबी बैंक मर्जर भएपछि नबिल बैंक भित्र डरलाग्दो कर्जा काण्ड फेला परेको छ । आफूलाई डन बैंकर भन्ने कांग्रेसी बैंकर ज्ञानेन्द्र ढूंगानाले उद्योगी विनोद चौधरीलाई बंगलादेश पुगेर कौडीको मूल्याङ्कनमा प्रमोटर शेयर दिलाए वापत नबिल बैंकको सिइओ गिफ्ट पाएका थिए । तर, उनी १० वर्ष सीइओ भएको एनबी बैंकका करिब १०० जना कर्मचारीहरुलाई आँखाबाट धरधरी आँसु खसाल्दै घर पठाएका डन बैंक बैंकर हुन् । यो पापधुरीबाट कराउन शुरु भएको एक बैंकरले पंक्तिकारलाई बताए । करिब १७ लाख तलब भत्ताका साथ नबिल बैंकको सीइओ बनेका ढुंगानको विगत राम्रो छैन । अनिल शाह जस्ता दिगज बैंकरलाई पाखा लगाएर बैंक नबिल बैंक आएको भन्दै नबिल बैंकका कर्मचारीलाई तर्साउने र यूनियनका कर्मचारीको जगिर खाईदिने धम्की दिँदै आएको एक कर्मचारीले बताए ।

आफूलाई भेट्रान बैंकर बताउने नबिल बैंकका अध्यक्ष एवं नेपाल बैंकर्स संघका पूर्व सभापति उपेन्द्र पौड्याल र डन बैंकर एवं कांग्रेसी कार्यकर्ता सीइओ ज्ञानेन्द्र ढुंगानाको कोर बैकिङ्गले हावा खाएको भेटिएको छ ।
नबिल बैंकले सुधिर बस्नेतको कर्जा उठाउन नसकेर कर्जा असुली न्यायाधिकरणमा पठाएको भेटिएको छ । साँवा ब्याज गरि जनताको डिपोजिटबाट दिएको ५० करोड पैसा नबिल बैंकले सुधिर बस्नेतको सम्पत्ती विक्रीबाट पनि उठाउने नसकेको हो । यसको अर्थ सम्पत्ती सबै विक्री गर्दा यो पैसा उठ्दैन कारण हो त्यसबेला धितो मुल्याङ्कनमा चलखेल भएको प्रस्टै देखिन्छ । स्मरणीय होस्ः– जनताको डिपोजिटमा बैंकका सीइओ ढुंगाना र अध्यक्ष पौड्याललाई खेलवाड गर्ने अधिकार छैन ।

कथा यस्तो छः– सुधीर बस्नेतले नबिल बैंकको करिब ५० करोड ऋण तिरेनन्, सात दिनभित्र पैसा तिर्न कर्जा असुली प्राधिकरणले आदेश दिएको छ । कर्मचारी सञ्चय कोषले दुई–दुई पटक लिलामीमा राख्दासमेत बिक्री नभएको कोहिनुर हिल हाउजिङ प्रालिका मालिक सुधीर बस्नेतलाई नबिल बैंकको ऋण तिर्न डाकिएको देखिन्छ । मंगलबार सात दिने सूचना जारी गर्दै ऋण असुली न्यायाधिकरणले नबिल बैंकको करिब ५० करोड रुपैयाँ तिर्न ताकेता गरेको छ ।
नबिल बैंकसहित कर्मचारी सञ्चय कोष लगायतसँग ऋण लिएर बस्नेतले कोहिनुर हिल हाउजिङ निर्माण गर्न खोजेका थिए । उनले ऋण चलाए पनि घर बनाउन सकेनन् । राष्ट्र बैंकले घरजग्गामा कडाइ गरेपछि बैना–बैनामा कारोबार गर्दै आएका बस्नेत चुर्लुम्म डुबेका थिए त्यस बेला ।

ओरियन्टल सहकारीको मुद्दामा त उनी प्रहरी हिरासतमै पनि बसेका थिए । न्यायाधिकरणले २०७७ पुस ७ गते भएको निर्णय र गत वैशाख २३ गते भएको आदेश अनुसार ठहर भएको रकम भुक्तानी गर्न ताकेता गरेको हो ।
बस्नेतले ३२ करोड ४५ लाख ४८ हजार तिर्नु पर्ने ठहर भएको छ । यसबाहेक साँवा रकम १४ करोड ६ लाख पनि भुक्तानी गर्नु पर्ने ठहर भएको छ । यही पैसा तिर्नका लागि प्राधिकरणले ताकेता गरेको हो । पैसा नउठेपछि नबिलले प्राधिकरणमा मुद्दा हालेको थियो । जनताको डिपोजिटबाट दिएको लाख होइन ५० करोड कर्जा उठाउने जिम्मा नबिल बैंकका सीइओ ढुंगानाको हो कि होइन ? यसबारे उनीसंग सम्पर्क गर्न पटक÷पटक फोन गर्दा उठाएनन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि