आइसिएफसि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुन: सुनिल पन्त नियुक्त भएका छन् । सञ्चालक समितिको निर्णय बमोजिम असोज २५ गतेबाट ४ वर्षको कार्यकालका लागि पन्त दास्रो कार्यकालका लागि नियुक्त भएका हुन् ।
विगत २७ वर्ष देखि बैंकिङ क्षेत्रमा सकृय रहेका कुशल नेतृत्वकर्ता, सफल बैकरका रुपमा आफ्नो परिचय स्थापित गर्न सफल भएका छन् ।