• होमपेज
  • समाचार
  • राजस्व अनुसन्धानका कर्मचारीलाई अवरोध

राजस्व अनुसन्धानका कर्मचारीलाई अवरोध

  • सोमवार, पुस २६, २०७८
राजस्व अनुसन्धानका कर्मचारीलाई अवरोध

बारामा राजस्व छली ल्याइएको सामान नियन्त्रणमा लिन जितपुर पुगेको राजस्व अनुसन्धान कार्यालय पथलैयाको कर्मचारी टोलीलाई व्यापारीले अवरोध गरेका छन् ।

आइतबार कार्यालय प्रमुख नारायणप्रसाद मौनालीका नेतृत्वमा कर्मचारी टोली सो स्थानमा पुगेको थियो व्यापारीको अवरोधपछि सो टोली अनुसन्धान नगरी फर्किएको छ ।

स्थानीय व्यापारीले अनुसन्धानलाई पूर्ण प्रभाव पार्ने गरी अवरोध सिर्जना गरेपछि आफूहरु अनुसन्धान नगरी फर्किन बाध्य भएको कार्यालय सूचना अधिकारी गौरव पन्थीले  जानकारी दिए ।

गोप्य सूचनाका आधारमा राजस्व छली ल्याइएको सामग्री कार्यालयको टोली नियन्त्रणमा लिन पुगेको थियो । टोली पुगेपछि स्थानीय हुलहुज्जतसहित व्यवसायीले अनुसन्धानमा अवरोध सिर्जना गरेपछि कर्मचारी अनुसन्धान बिना फर्किएको उनले बताए । राजस्व छली भित्र्याइएको विभिन्न सामान नियन्त्रणमा लिन बाराको सिमरा उपमहानगरपालिका जितपुरबजार स्थित केही गोदाममा राजस्व अनुसन्धान कार्यालयको टोली पुगेको थियो ।

राजस्वको टोलीले ती सामान नियन्त्रणमा लिन खोजेपछि केही व्यापारीले अवरोध सिर्जना गरी दुई घण्टासम्म सडक अवरुद्ध पारेका थिए । पछि नेपाली सेनाको टोलीले सडक सुचारु गराएको थियो । घटनामा सम्लग्न व्यसायीलाई कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने कर्याालयले जनाएको छ ।

कार्यायका अनुसार जितपुर क्षेत्रको केही स्थानमा राजस्व छली गरी ल्याइएको माल सामान बिक्री वितरण गर्ने गरिएको बताइएको छ

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा