भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीलाई परेको समस्याको समाधान ब्याजदर बढाएर समाधान नहुने स्पष्ट पारेकी छिन् ।
आज (शुक्रबार) नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को ११औं वार्षिक साधासभामा मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् ।
मन्त्री श्रेष्ठले सहकारीबाट जनता ठगिने देखिएकाले त्यसलाई रोकिने स्पष्ट पारिन् ।
त्यस्तै उनले सहकारीको परिचालनसम्बन्धी भिजन पेपर बनाउन लगाएको भन्दै हचुवाको भरमा सहकारी नीति नबनाइने स्पष्ट पारिन्