• होमपेज
  • बैंकिङ्ग
  • एनएमबि बैंकको २६औं बार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

एनएमबि बैंकको २६औं बार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

  • शुक्रबार, पुस २३, २०७८
एनएमबि बैंकको २६औं बार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

एनएमबि बैंकको २६औं बार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारितएनएमबि बैंकको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सभा श्री त्रिभुवन आर्मी अफिसर्स क्लब, सुन्धारा, काठमाडौँमा पौष २२ गते, बिहिबार सम्पन्न भएको हो ।

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका थिए ।

उक्त वार्षिक साधारण सभाद्धारा आ.व. २०७७/७८ को नाफाबाट हाल कायम चुक्त पूजीका १२.५० प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजनको लागी समेत) पारित गरेको छ । साधारण सभाबाट स्वीकृत बोनस शेयर पश्चात बैंकको चुक्ता पूँजी रु. १८ अर्व ३६ करोड पुग्ने जानकारी गराइएको छ । बैंकको २०७८ अषाढसम्ममा खुद नाफा २ अर्ब ७१ करोड, निक्षेप रु.१६६ अर्ब र कर्जा रु. १५८ अर्ब रहेको छ ।

बैंकले २०१७, २०१८, २०२० र २०२१ गरि चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।

एनएमबि बैंकले हाल २०१ वटा शाखा, १३८ एटिएम र ९ विस्तारित सेवाद्धारा उच्चस्तरीय सेवा प्रदान गदै आईरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार