• होमपेज
  • म्यूजिक भिडियो
  • लेडिज ब्यान्ड भ्यालेन्सियाको ‘छोरी’ गीत सार्वजनिक (भिडियो सहित )

लेडिज ब्यान्ड भ्यालेन्सियाको ‘छोरी’ गीत सार्वजनिक (भिडियो सहित )

  • बिहिबार, मंसिर २३, २०७८
लेडिज ब्यान्ड भ्यालेन्सियाको ‘छोरी’ गीत सार्वजनिक (भिडियो सहित )

‘दुनियाँ हो छोरीलाई हेर्ने नजर फेर, छोरीले नि के के गर्नसक्छ आज हेर’ हालै सार्वजनिक भएको गीतको सानो टुक्का हो यो । लेडिज ब्यान्ड भ्यालेन्सियाको यस गीतले छोरीको मर्म र कर्मलाई बुझाएको छ । छोरी स्वयंमा एक शक्ति हो । छोरी भनेको समाजको गहना हुन् । यो संसारको सृष्टिकर्ता नै छोरी हुन् । गीतले छोरीहरूको आवाजहरूलाई बाहिर निकाल्न हौसला दिएको छ ।
बाबुराम राईको शब्द रचना रहेको ‘छोरी’ मा कल्यान सिंहले संगीत भरेका छन् । नभ ढुङ्गेलको निर्देशन र अमृत सुनुवारको छायाङ्कनमा बनेको भिडियोलाई प्रवीण श्रेष्ठले सम्पादन गरेका छन् । मोक्षमा भिडियोको पोस्टप्रोडक्सन भएको हो । भिडियोमा भ्यालेन्सिया ब्यान्डका टिएम केसि,पूजा परियार ,खुस्बु राणा मगर ,दिपा चौधरी र एन्जिला चौधरी रहेका छन् । सार्वजनिक भिडियोलाई टिम भ्यालेन्सियाकै आधिकारिक युट्युब च्यानल बाट हेर्न सकिन्छ ।
भिडियोमा सम्मान स्वरुप देशका केही वरिष्ठ महिला ब्यक्तित्वहरुलाई पनि देखाइएको छ । अनुराधा कोइराला, हिमानी शाह , शृङ्खला खतिवडा, पुष्पा बस्नेत ,गौरिका सिंह ,अस्मिता आले ,मिरा राई ,ममता स्थापित ,रक्षा राणा, शिरिशा महर्जन र सपना मल्ललाई देखाइएको छ।
Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि