आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले मिक्वाखोला गाउँपालिका–५ का विमित स्व. टाशी शेर्पाकी श्रीमती फुलमाया तामाङलाई ५ लाख ६ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेको हो ।
कम्पनीका ताप्लेजुङ र फिदिम शाखा इन्चार्ज ङिमा शेर्पा र ताप्लेजुङ शाखा प्रमुख सुर्य गुरुङले संयुक्त रुपमा उक्त रकम प्रदान गरेका हुन् ।स्व. टासी शेर्पाले २०७७ साल असोज १९ गते आइएमई लाइफ इन्स्योरेन्स ताप्लेजुङमा ५ लाख रुपैयाँको बिमा गरेका थिए ।
बीमा जारी भएको छोटो समयमा २०७७साल पौष ११ गते ३७ वर्षको असामयिक उमेरमा उनको निधन भएको थियो । आइएमई लाईफ ताप्लेजुङ शाखाका कम्प्युटर अपरेटर इन्चार्ज दुर्गामाया कार्की , सिनियर एजेन्सी मेनेजर पेम्बा शेर्पा, एजेन्सी मेनेजर दिनेश तामाङ , निरोज शेर्पा, सुमन सेर्पा लगायतको उपस्थितिमा कार्यक्रम गरिएको हो ।