• होमपेज
  • बीमा
  • एशियन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी

एशियन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी

  • मङ्लबार, मंसिर १४, २०७८
एशियन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको धरान शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मोटरसाईकलको ठक्करबाट घाइते भई उपचार गर्ने क्रममा मृत्यु भएका बीमित हिरण बहादुर बस्नेतको श्रीमती इन्द्रमाया बस्नेतलाई १ लाख ९९ हजार ८१२ रुपैयाँको चेक एक समारोह बिच धरान शाखाका शाखा प्रबन्धक सुजन भण्डारी, बरिष्ठ व्यवसाय प्रबन्धक बाबुराम थापा, बिमला बस्नेत, आकाश घिमिरे, रिलेशनसिप म्यानेजर उदय कुमार श्रेष्ठ,चिरञ्जिवी पोख्रेल लगायत स्थानिय व्यक्तिहरुको रोबरमा उक्त चेक हस्तान्तरण गरेका थिए।

मृतकले ९ वर्ष अगाडि १ लाख २ हजारको सावधिक बीमा योजनामा बीमा गरी ५१ हजार कर्जा लिएका थिए । कम्पनिबाट कुल रकम २ लाख ५२ हजार ४ सय ५२ पाउनेमा उक्त कर्जा सांवा व्याज कट्टा गरी उक्त रकम प्रदान गरको कम्पनीले जनाएको छ ।

उक्त कार्याक्रममा जिवन बीमा महत्वको बारे जानकारी गराउँदै बरिष्ठ व्यवसाय प्रबन्धक बाबुराम थापाले बाचे आफैलाई मरे परिवारलाई भरथेग गर्ने बीमा भएकोले यो समाजिक अभियानमा लागेको बताए ।

शाखा प्रबन्धक भण्डारीले बीमा गराउनु मात्रै काम होईन बीमा गराई सकेपछि पाउने सेवा सुविधाका कुरालाई मध्य नजर गरेर बिमा गर्न स्थानिय जनतामा अपिल गरेका थिए।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि