• होमपेज
  • विकास बैंक
  • कामना सेवा विकास बैंकको क्षेत्रीय तथा पुनर्निर्मित बुटवल शाखा उद्घाटन

कामना सेवा विकास बैंकको क्षेत्रीय तथा पुनर्निर्मित बुटवल शाखा उद्घाटन

  • मङ्लबार, मंसिर १४, २०७८
कामना सेवा विकास बैंकको क्षेत्रीय तथा पुनर्निर्मित बुटवल शाखा उद्घाटन

कामना सेवा विकास बैंक लिमिटेडले रुपन्देही जिल्ला बुटवल उप–महानगरपालिका वडा नम्बर ६, पुष्पलालपार्क स्थित शाखा कार्यालय रहेको भवनमा नै आफ्नो क्षेत्रीय कार्यालय स्थापना गरेको छ । बैंकका अध्यक्ष सुदिप आचार्य र सञ्चालक भिम प्रसाद तुलाचनले आज एक समारोहका बीच उक्त क्षेत्रीय कार्यालय तथा पुनर्निर्मित बुटवल शाखा कार्यालयको एकसाथ संयुक्त रुपमा समुद्घाटन गरेका थिए ।

ग्राहकहरुको सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न शाखा कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालित कार्यालयको पुनर्निर्माण गरिएको थियो । बैंकको व्यवसायको मुख्य आधारको रुपमा रहेको बुटवलमा क्षेत्रीय कार्यालय स्थापनासंगै सेवा प्रवाह अझै छरितो र व्यवसाय समेत वृद्धि हने कुरामा आफू विश्वस्त रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

उक्त उद्घाटन समारोहमा बैंकका संस्थापकहरु, पत्रकारहरु, ग्राहकहरु, बैंकका क्षेत्रीय प्रमुख, तथा कर्मचारीहरु लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा