• होमपेज
  • समाचार
  • सर्वसाधारणले जम्मा गरेको पैसा बैंक म्यानेजरले मिटरब्याजमा लगाएपछि…

सर्वसाधारणले जम्मा गरेको पैसा बैंक म्यानेजरले मिटरब्याजमा लगाएपछि…

  • सोमवार, मंसिर १३, २०७८
सर्वसाधारणले जम्मा गरेको पैसा बैंक म्यानेजरले मिटरब्याजमा लगाएपछि…

बचतकर्ताले जम्मा गरेको रकम बैंकका म्यानेजरले मिटर ब्याजमा लगाउने गरेको खुलेपछि पाँच जना पक्राउ परेका छन् ।

सिन्धुविकास बैंक, दोलालघाट शाखाका निमित्त म्यानेजर सुमन खरेल र कर्मचारी रामकृष्ण श्रेष्ठले बैंकमा जम्मा गरेको रकम मिटरब्याजमा लगाएको खुलेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।

ब्यूरोका निर्देशक धिरजप्रताप सिंहका अनुसार बैंकका दुई कर्मचारीसँगै रकम लिने व्यवसायी विमल खत्री, वीरेन्द्र खत्री र निरञ्जन श्रेष्ठ पनि पक्राउ परेका छन् । ‘पक्राउ परेका पाँचै जनालाई हिरासतमा राखेर बैंकिङ कसूरमा अनुसन्धान गरिरहेका छौं’ प्रहरी नायब महानिरीक्षक (डीआईजी) सिंहले भने ।

उनका अनुसार खरेल र श्रेष्ठले उनीहरुलाई दुई करोड ४७ लाख ९० हजार ८५५ रुपैयाँ ऋण दिएको पाइएको छ । तर रकम दिएको बैंकको अभिलेखमा उल्लेख थिएन । अनुसन्धान अधिकृतहरुले मिटरब्याजमा रकम दिएको हुनसक्ने आशंका गरेका छन् ।

यसरी खुल्यो पोल

ब्यूरोका प्रवक्ता श्यामकुमार महतोको अनुसार बैंकमा भएको जम्मा रकम हरेक महिनाको अन्तिममा अध्यावधिक हुने गर्छ । केन्द्रीय शाखाले अन्य शाखाहरुले राखेको रकम जाँच गर्ने वेला दोलालघाट शाखामा साढे दुई करोड रुपैयाँ कम देखियो ।

‘त्यसपछि केन्द्रीय शाखाले नै छानविन गरेर अनुसन्धानका लागि ब्यूरोलाई जाहेरी दिएको थियो’ महतोले अनलाइनखबरसँग भने, ‘त्यो पैसा कहाँ भयो भनेर हेर्दा व्यवसायीलाई कर्मचारीले भल्टबाट निकालेर दिएको देखियो ।’

एक अनुसन्धान अधिकृतका अनुसार कति ब्याजमा उनीहरुले रकम लगाएका थिए भन्ने खुलेको छैन । उनी भन्छन्, ‘अरुवेला पनि रकम दिने गरेको देखिन्छ तर यसपटक व्यवसायीले एक महीनामा पनि फिर्ता नगर्दा समस्या भएको जस्तो देखिएको छ ।’

थप अनुसन्धान जारी छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा