• होमपेज
  • वाणिज्य बैंक
  • एनएमबि बैंकले भिडियो कलबाटै ग्राहकहरुको खाता खोलिदिने

एनएमबि बैंकले भिडियो कलबाटै ग्राहकहरुको खाता खोलिदिने

  • मङ्लबार, कार्तिक ३०, २०७८
एनएमबि बैंकले भिडियो कलबाटै ग्राहकहरुको खाता खोलिदिने

एनएमबि बैंकले आर्टिफिसियल इन्टलिजेन्स ‘एआई’ मा आधारित भिडियो केवाइसी प्रविधि प्रयोग गरी ग्राहकहरुको खाता खोलिदिने भएको छ।

पत्रकार सम्मेलन आयोजना गर्दै बैंकले एक भिडियो कलबाटै पाँच मिनेटमा देश वा विदेशमै बसेर खाता खोल्न सकिने जनाएको छ।

एनएमबि बैंकले नेपालको बैंकिङ जगतमा सुरुदेखि अन्त्यसम्म पूर्ण डिजिटल रुपमा खाता खोल्ने प्रक्रिया कार्यान्वयन गर्ने पहिलो बैंक भएको दाबी गरेको छ।

ग्राहकहरुले एनएमबिमा भिडियो कल गरेर नयाँ खाता खोल्न केवाइसी विवरणहरु अपडेट एवम् पूरा गर्न सक्ने बैंकले जनाएको छ ।

‘एनएमबिले ग्राहकहरुका लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको सुरुआत गर्दैछ। ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोग परिधि भन्दा माथि उठेर बैंकसम्म नपुगेरै बैंकिङ सेवा लिन सक्छन्। यसले बैंकिङ कारोबारलाई सहज बनाउनेदेखि सबै प्रकारका म्यानुअल कामलाई निर्मुल पार्दै पारदर्शी, त्रुटिरहित र कागजविहिन बनाउँदै लैजाने छ,’ बैंकले जारी गरेको विज्ञप्तीमा भनिएको छ।

सोही कार्यक्रममा अभिनेता पल शाहलाई एनएमबि बैंकले आफ्नो ब्राण्ड एम्बेस्डर नियुक्त गरेको ‍‍‍औपचारिक जानकारी गराएको छ।

 

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि