• होमपेज
  • समाचार
  • अन्नपूर्ण केबलकारको लागत ७ प्रतिशत महँगियो

अन्नपूर्ण केबलकारको लागत ७ प्रतिशत महँगियो

  • आइतवार, कार्तिक २१, २०७८
अन्नपूर्ण केबलकारको लागत ७ प्रतिशत महँगियो

अन्नपूर्ण केबलकारको लागत ७ प्रतिशतले बढेको छ। कास्कीको सराङकोटमा निर्माणाधीन केबलकार परियोजनाको अनुमानित लागत एक अर्ब ७८ करोड रुपैयाँ रहेकोमा बढेर एक अर्ब ९० करोड रुपैयाँमा पुगेको हो।

कम्पनीले परियोजनाका लागि थप जग्गा, प्लान्ट र मेसिनरी खरिद गरेकाले लागत महँगिएको छ। सन् २०२१ को अप्रिलबाटै संचालन गर्ने लक्ष्य भए पनि कोरोना महामारीका कारण निर्माण अवधि २०२२ फेब्रुअरी पुगेको छ। निर्माण अवधि धकेलिएकाले पनि परियोजनाको लागत बढेको रेटिङ एजेन्सी केयर रेटिङ्सले जनाएको छ।

कम्पनीले परियोजना थाल्दा यसको लागत ८९ करोड ५० लाख रुपैयाँ हाराहारी थियो। केबलकार जडान, तार टाङ्ने कामदेखि परीक्षण संचालन भइसकेको यो परियोजना कोरोना महामारीका कारण पूर्ण हुन पाएको थिएन। २.३ किलोमिटर लामो केबलकार परियोजनामा १८ वटा गोन्डोला रहने छन्।

जापानबाट प्राविधिकहरु झिकाएर परीक्षण गर्नुपर्ने भएपनि कोरोना महामारीका कारण हवाई उडान संचालन नहुँदा काम रोकिएको थियो। अन्नपूर्ण केबलकारलाई आवश्यक उपकरण तथा प्राविधिक सहायता जापानी कम्पनी निप्पोन केबलले गर्दै आएको छ।

अन्नपूर्ण केबलकार प्रालिमा घरजग्गा व्यवसायी कालु गुरुङको मुख्य लगानी छ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने