• होमपेज
  • मनोरञ्जन
  • एकसय कलाकारसहितको पालाम ‘खेदा’ सार्वजनिक

एकसय कलाकारसहितको पालाम ‘खेदा’ सार्वजनिक

  • शुक्रबार, असार २५, २०७८
एकसय कलाकारसहितको पालाम ‘खेदा’ सार्वजनिक

लिम्बू समुदायको विवाह तथा पालाम संस्कृतिमा आधारित लघुचलचित्र ‘खेदा’ अर्थात ‘कथा’ सार्वजनिक भएको छ  भूतपूर्व लाहुरेकी पत्नीले श्रीमानको मरणोपरान्त निवृतिभरण (पेन्सन) थाप्न जाँदा आफ्नो नाती उमेर पुगेकोले बुहारी ल्याएन भन्ने चिन्ता गरेको कुराबाट लघुचलचित्र अगाडि बढेको छ । विवाह संस्कृतिलाई नजिकबाट बुझाउन खोजिएको लघुचलचित्रमा लिम्बू जातिको धाननाच प्रस्तुत गरिएको छ । धाननाचबाटै मनपराइएको युवायुवतीबिच विवाहको लागि लाने÷जाने संस्कृति पनि यस चलचित्रमा देखिएको छ ।

बोजु पेन्सन थापेर आउँदा बुहारी ल्याइदिएको कथा यस चलचित्रमा छ । पालामलाई प्राथमिकतामा राखिएको चलचित्रमा मनु नेम्बाङ र सुमन लिम्बूले गाएका छन् । रचना नेम खापुङ लिम्बू, लय सङकलन सुमन लिम्बू, सङ्गीत संयोजन अशोक लोहोरुङ राईको रहेको छ । मनु र सुमनलाई भिम सेनेहाङ लिम्बू, रुकमान लिम्बू, निरन्ता नेम्बाङ, दिपा सुहाङ, दिवस पयाङगु लिम्बू, रोजिना थेगिम लिम्बूले पाःलाम खाप्न सघाएका छन् ।

भिडियोको लागि पटकथा सम्वाद देवेन्द्र खापुङ सुर्केली, सबटाइटल डि.बि. आङबुङ लिम्बूले गरेका हुन् । ड्रेस डिजाइन तेह्रथुमे बुटिक, सेमिमा कलेक्सन माङ्गेन्ना ढाका पसलले गरेका छन् ।

चलचित्रमा रुकमान लिम्बू र सबनम साबा लिम्बू गरेका छन् भने यासेली योङ्हाङ लिम्बू, मनु थक्लुङ लिम्बू, नैनाकला आङदेम्बे नाम्लिङ अख्राबो लिम्बू, निर्मला तावा, नितुरानी नेम्बाङ, बत्तिमाया चोङ्बाङ, बुद्धमति लिम्बू, कृष्णमाया लिम्बू, दिपा सुहाङ, भीम सेनिहाङ लिम्बू, दिपा सुहाङ, जेपी नेम्बाङ लिम्बू, भिमसागर मादेम्बा लिम्बू, उदय बेघा लिम्बू, रेश्मा लिम्बू, सुमन लिम्बू, मनु नेम्बाङ, इन्दिरा हुक्पा चोङ्बाङ लिम्बू, मनकुमार वनेम लगायतले अभिनय गरेका छ ।

याक्थुङ केलाङ समूह र फेदाप केलाङ समूहको च्याब्रुङ नृत्य रहेको चलचित्रमा बुद्ध थापाको छायाङ्कन बिनोद लामा ब्यग्राउन्ड म्युजिक विकास दाहालको सम्पादन कथा निर्देशन लोकेन सावाको निर्देशन रहेको छ ।रुबुसा क्रिएटिभ वर्कले लघुचलचित्र ‘खेदा’ (कथा) लाइ सार्वजनिक गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि