• होमपेज
  • समाचार
  • डा. खगेन्द्र नाथ शर्माको “अकविता” कविता सङ्ग्रहको डिजिटल विमोचन

डा. खगेन्द्र नाथ शर्माको “अकविता” कविता सङ्ग्रहको डिजिटल विमोचन

  • शुक्रबार, असार २५, २०७८
डा. खगेन्द्र नाथ शर्माको “अकविता” कविता सङ्ग्रहको डिजिटल विमोचन

नेपाली राजनीति विशेषज्ञ, सर्जक-लेखक, तथा ईलाम कलेजका संस्थापक प्राचार्य श्री डा. खगेन्द्र नाथ शर्माद्वारा रचिएका ३३ वटा कविता समावेश गरिएको कविता सङ्ग्रह “अकविता”को डिजिटल विमोचन यही २० असार २०७८ का दिन सम्पन्न गरियो ।

सम्भवतः नेपालमा नै पहिलो पटक आयोजना गरिएको कविता सङ्ग्रहको डिजिटल विमोचन एरो एड इ. प्रा. लि. ले जुम तथा क्लबहाउसबाट सम्पन्न गरेको थियो । एरो एडका प्रबन्ध निर्देशक विजय अधिकारीको संयोजकत्व तथा उद्‌घोषणमा आयोजित कार्यक्रममा कविता क्षेत्रका विशेष अतिथिहरू तथा डा. शर्माका परिवारका सदस्यहरू जुम र क्लबहाउसबाट डिजिटल विमोचनमा सरिक थिए । कवि केदार शर्मा, कवि राजेन्द्र शलभ, कवि विश्वविमोहन श्रेष्ठका साथै कविताको क्षेत्रमा निरन्तर कलम चलाइरहने धरणी गौतम तथा पुरुषोत्तम सिग्देलले कवि डा. खगेन्द्र नाथ शर्मालाई बधाई ज्ञापन गर्दै पुस्तकको भौतिक तथा डिजिटल कपि विमोचन गरेका थिए ।

कवि शर्माले ८२ वर्षको उमेरपश्चात् सिर्जना गरेका कविताहरू मनोहरा साहित्य समाजद्वारा निरन्तर आयोजित कार्यक्रममा वाचन भइसकेका हुन् । ४ वर्षको अन्तरालमा रचिएका कविताहरूको सङ्ग्रह नै “अकविता” नामले हाल पुस्तक तथा डिजिटल कपिमा उपलब्ध छन् । एरो एडकै कार्यसम्पादनमा पुस्तकको सम्पादन, डिजाइन, तथा कला-सज्जाको काम सम्पन्न भएको हो ।

डा. शर्मा भन्नुहुन्छ, “परिवार तथा सर्जकहरूको निरन्तर प्रोत्साहन तथा उक्साइबाट मैले यो कविता सङ्ग्रह प्रकाशन गर्ने जमर्को गरें । यसको प्रकाशनमा संलग्न मेरा छोरा किशोर शर्मा तथा एरो एडका सम्पूर्ण सदस्यहरूलाई म कृतज्ञता ज्ञापन गर्दछु।“

कवि डा. शर्माको कृति “अकविता” को भौतिक कपि एरो एडमा उपलब्ध छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि